नेपाली चलचित्रका सुपरस्टार भुवन केसी अव ६१ बर्ष पुग्यो

maitrinews

काठमाडौ। नेपाली चलचित्रका सुपरस्टार मानिएका अभिनेता भुवन केसी शनिवारवाट ६१ बर्ष पुगेका छन्। सन् १९५५ सालमा काठमाडौको सिनामंगलमा जन्मेका भुवन केसीको पहिलो चलचित्र जुनी हो। चलचित्र जुनी त्यति सफल नभएतापनि भुवन अभिनित अर्को चलचित्र सम्झनाको अपार सफलता पश्चात भुवनले पछि फर्केर हेर्नु परेन ।

bhuwan-kc

सम्झनाको लगतै निर्माण भएको अर्को चलचित्र कुसुमे–रुमाल अझ सुपर–डुपर हिट भएपछि साइनो, सपना, कन्यादन, चिनो, सन्तान जस्ता दर्जनौ–दर्जन चलचित्रको सफलतावाट अत्यन्त चम्केका भुवन उमेर घर्किदै गएपछि चलचित्र निर्माणमा समेत लागे।

भुवनले निर्माण गरेको पहिलो चलचित्र करोडपतिको अपार सफलता पश्चात नेपालीबाबु, सुपरस्टार, म तिमी विना मरिहाल्छु, साथी म तिम्रोको सफल निर्माण पश्चात चलचित्र ड्रिम्सवाट निर्देशक पनि बनेका छन्।

ड्रिम्समा युवाहरुको ढुकढुकी बन्दैआएका चकलेटी हिरो अनमोल केसी हिरो छन्। अनमोल केसी भुवनका कान्छा छोरा हुन्। यिनै छोरो अनमोल केसीले शनिवार बाउ भुवन केसीको ६१ औं जन्मदिन मनाइदिएका छन्।
प्रकाशन मिति–२०७३ साल असोज ३ गते सोमवार ।