एक सयभन्दा बढी जोडीको सम्बन्धविच्छेद

पोखरा, ४ असोज । स्याङ्जामा एक वर्षका अवधिमा १३१ जोडीको सम्बन्धविच्छेद भएको छ ।

आव २०७२÷७३ को असार मसान्तसम्म १५६ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा अब बाँकी २५ थान मुद्दा चालु आवमा सरेको जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार मोहनबहादुर अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धविच्छेदमध्ये ६० प्रतिशत प्रेम विवाह गर्ने जोडी रहेको बताइएको छ । अन्तरजातीय विवाह, घरेलु हिंसा, वैदेशिक रोजगार र गरिबीका कारण जिल्लामा सम्बन्धविच्छेद घटना बढ्दै गएको बताइएको छ ।