नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल

amale-party-karyalaya

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक जारी छ । पार्टी मुख्यालय धुमबाराहीमा हिजोदेखि सुरु बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गर्नुभएको ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्षको प्रतिवेदनमाथि नौ वटा समूह बनाएर समूहगत छलफल भइरहेको छ ।
अध्यक्ष ओलीको प्रतिवेदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणले नेपालको हित संरक्षण गर्न नसकेको र नेपाललाई घात हुने काम भएको उल्लेख गरिएको छ ।

बैठकका लागि राजनीतिक प्रतिवेदनका साथै स्थानीय निकायको पुनःसंरचना सङ्ख्या र सीमा, पार्टी प्रवेश गरेकाहरुको व्यवस्थापन, प्रदेश सङ्गठन कमिटी, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयन, केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजन, स्थायी समितिका निर्णयहरुको अनुमोदन, केन्द्रीय आयोगहरुका प्रतिवेदन जस्ता कार्यसूची तय भएका छन् ।