अमेरिकाको सियाटलमा अन्धाधुन्ध गोली प्रहार, चार जनाको मृत्यु

maitrinews

shooting
सान फ्रान्सिस्को । अमेरिकाको वासिङ्टन राज्यको सियाटल नगरमा अवस्थित एक मलमा भएको गोलीकाण्डमा चार व्यक्तिको मृत्यु भएको छ ।

सियाटल नगरको बुर्लिङ्गटन क्षेत्रमा रहेको क्यास्केड मलमा सो घटना भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा खैरो कपडा लगाएका ल्याटिन अमेरिकी पुरुषले सो घटना गराएको जनाइएको छ ।
सो घटना भएको केही समयपछि नै प्रहरीले तत्काल उक्त मललाई खाली गराएको पनि बताइएको छ ।
सियाटल सहरबाट करिब १०५ किलोमिटर उत्तरमा सो मल भएको घटनामा परी कति घाइते भए भन्ने हालसम्म एकिन सङ्ख्या प्राप्त नभएको र घटनाको विस्तृत विवरण पनि प्राप्त नभएको समाचारमा उल्लेख छ ।
सुरक्षा निकायका अधिकारीद्वारा खिचिएको फोटोहरुबाट शङ्कास्प्रद व्यक्तिको अस्पष्ट तस्वीर स्थानीय टेलिभिजनहरुले देखाइरहेका छन् ।

असोज ९ गते ।
––––––