इजरायलका पूर्व राष्ट्रपति पेरेजको निधन

इजरायल । इजरायलका पूर्व राष्ट्रपति तथा प्रधानमन्त्री सिमोन पेरेजको ९३ वर्षको उमेरमा निधन भएको छ।
दुई साताअघि मस्तिष्कघात भएपछि उहाँ गम्भीर बिरामी हुनुभएको थियो। पेरेज दुई पटक प्रधानमन्त्री र एकचोटि राष्ट्रपति हुनुभयो।
सन् १९४८ मा नयाँ मुलुकको रुपमा इजरायलको जन्म देखेका इजरायली राजनीतिज्ञहरुको पुस्ताका अन्तिम नेतामध्ये उहाँ पनि हुनुहुन्थ्यो।
पेरेज इजरायलको गोप्य पारमाणविक कार्यक्रमको निर्माता मानिनुहुन्छ।
उहाँले प्यालेस्टिनीहरुसंग शान्ति सम्झौताका लागि भूमिका निर्वाह गरेको भन्दै सन् १९९४ मा नोबेल शान्ति पुरस्कार पाउनुभएको थियो ।
असोज १२ गते ।