टेबलटेनिस खेलाडी छनोट

maitrinews

काठमाडौँ, १७ असोज । पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद–२०७३ को मध्यमाञ्चल क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगिताका लागि ललितपुरका १० खेलाडी छनोट भएको छ ।

छनोट भएका खेलाडीमा पुरुषतर्फ राजकुमार शाही, विपुल महर्जन, रितिज जोशी, एलेक्स महर्जन र सुयोग कपाली तथा महिलातर्फ अनुष्का प्रसाईं, प्रमिशा कार्की, दीपिका श्रेष्ठ, निसी अवाले र निकिता अवस्ती रहेको ललितपुर जिल्ला टेबलटेनिस सङ्घका सचिव राजेन्द्र कपालीले जानकारी दिनुभयो ।