थाई फुटबलका पूर्वअध्यक्ष वारावीलाई पाँच वर्ष प्रतिबन्ध र ६ हजार पाउण्ड जरिवाना

maitrinews

worawi-makudi

काठमाडौँ । फिफाले थाइल्याण्ड फुटबल एशोसिएनका पूर्व अध्यक्ष वारावी माकुडीमाथि पाँच वर्षे प्रतिवन्ध लगाएको छ ।
उनलाई पाँच वर्षसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपउने गरी यो प्रतिवन्ध लगाइएको हो । साथै ६ हजार २०० पाउण्ड जरिवाना समेत सुनाइएको छ ।
माकुडी फिफाका २२ अधिकारी मध्ये एक हुन्, जसले २०१० मा २०१८ र ०२२ को विश्वकप अयोजक छनौटमा मतदान गरेका थिए । उनीहरुमध्ये १० जना भ्रष्टाचारमा मुछिएका छन् ।
तत्कालीन फिफा अध्यक्ष सेप ब्लाटर र यूईएफए अध्यक्ष मिचेल प्लाटिनीमथि ८ वर्षे प्रतिवन्ध लागिसकेको छ ।