लुकीछिपी सौगात र सृष्टिको डेटिङ्ग

काठमाडौ। रंगमञ्चवाट आएका अविवाहिता तकडा हिरो सौगात मल्लको मोडल नायिका सोनी केसीसंगको अफियर ब्रेकअप भएको छ। सोनी केसीसंगको अफियर ब्रेकअप भएपछि यतिखेर पूर्वमिस नेपाल तथा हट नायिका सृष्टि श्रेष्ठसंग सौगातको हिमचिम बढ्न थालेको छ।
लुकिछिपी दुवै लामो सफरको डेटमा जाने तथा कसैले देख्ला भनेर मास्क लगाएरै भएपनि काठमाडौका हलहरुमा फिल्म हेर्न जाने सौगात र सृष्टिको नयाँ आनीवानी भएको छ। मिस नेपाल भएको बेला सृष्टिले नेपाली हिरोमा सौगात मल्लसँगको डेटमा जाने इच्छा व्यक्त गरेकी थिइन्।
इच्छा गरेको कुरा पूरा गरेरै छाड्ने सृष्टिले सोनी केसीसंग सौगातको ब्रेकअप भएको थाहा पाउने वितिकै हिमचिम बढाएकी थिइन्। जुन दुवैवीच हाल आएर प्रेममा बदलिएको छ। दुवैवीचको प्रेम तथा हिमचिम केवल डेटिङ्गको लागि मात्र हो या विवाहको लागि पनि हो भन्ने कुरा पछि मात्र थाहा हुने कुरा हो।
हाललाई सवैलाई यति मात्र थाहा भएको कुरा हो–दुवै डेटमा छन्। मन लागेको बेला उनीहरु डेटिङ्ग गरिरहेका छन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक ९ गते मंगलवार ।