हेल्लो कफी सपभित्रका शिव श्रेष्ठको व्यापार

काठमाडौ। उमेरको उकालोमा नेपाली चलचित्रका एक्सन हिरो शिव श्रेष्ठले हेल्लो कफी सप हालै खोलेका छन्। काठमाडौमा रहेका चुनेगनेका कलाकारहरुलाई ललितपुरको भैसेपाटीमा बोलाएर हेल्लो कफी सप खोलेका शिव श्रेष्ठले उक्त कफी सप नेपाली सिनेमाको म्युजियम जस्तो नै बनाएका छन्।

shiva-shrestha-hello-coffee-shop-1

नेपाली चलचित्रका प्रथम नायक शिवशंकर मानन्धर तथा प्रथम नायिका भुवन चन्दका फोटो बडा सम्मानका साथ सजाएका छन्। साथमा नेपाली चलचित्रमा प्रयोग हुने क्यामेरा, नागरा लगायतका उपकरणहरुलाई पनि सजाएर राखेको पाइएको छ। शिव श्रेष्ठले व्यापार गर्न खोलेको निवास नजिकको हेल्लो कफी सपमा नेपाली चलचित्रका जीवन्त तथ्य तथा तथ्यपूरक कुराहरु हेर्न र चलाउनको लागि भएतापनि हेल्लो गर्न आउनेहरुको शायद कुनै कमी नहोला।

अमेरिकावाट रिटर्न बनेर नेपालमा नै व्यस्त बनेकी नायिका करिश्मा मानन्धर, बलिउडको मेरी कोम राते काइला सुनिल थापा, धीरेन शाक्य, रविन्द्र खड्का लगायतका एक हुल कलाकारहरुको उपस्थितिमा भएको शिव श्रेष्ठको हेल्लो कफी सप उद्घाटन भएको थियो। सवैलाई हेल्लो भन्दै आफै कफी सर्भ गर्न पछि नपरेका शिव श्रेष्ठको यो नयाँ व्यापारले कतिको उनलाई उँभो लाने हो या उँधो फर्काउने हो ? त्यो भने हेर्न नै बाँकी छ।

shiva-shrestha-hello-coffee-shop-2
प्रकाशन मिति–२०७३ साल कात्तिक ९ गते मंगलवार ।