लोकमानको समर्थनमा राजधानीमा जुलुस

काठमाडौँ । अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीको समर्थनमा सोमबार राजधानीमा जुलुस निस्किएको छ ।
कार्कीेविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल भइरहेका बेला उहाँको समर्थनमा नयाँ बानेश्वरमा प्रदर्शन भएको हो ।
माइतीघरबाट सुरु भएको जुलुसमा सहभागीहरुले ‘भ्रष्टाचार विरुद्धको आन्दोलन सफल पारौं’ लेखिएको ब्यानर र ‘लोकमान जनता तिम्रो साथमा छन् भ्रष्टहरुलाई कारबाही गर्न खुट्टा नकमाउ’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
गेरुबस्त्र लगाएका र राष्ट्रिय झण्डा बोकेका महिला र बालबालिकाहरू पनि जुलुसमा सहभागी थिए । जुलुसको अगुवाई भने अधिवक्ता बालकृष्ण न्यौपानेले गर्नुभएको थियो ।