गगन थापाको पहिलो महिनाको तलव कान्ति बाल अस्पताललाई

काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापा बेलाबेलामा चर्चामा आइरहने नाम हो । उहाँले आफ्नो पहिलो महिनाको तलब कान्ति अस्पतालमा रहेको आंकोलोजी कोषलाई दिनुभएको छ । उहाँले त्यसरी रकम हस्तान्तरण गरेसँगै थप चर्चा भएको हो । अस्पतालमा उपचार गर्न आउने सवैलाई आर्थिक विपन्नहरुलाई सहयोगका लागि कोषमा आफुले सक्दो सहयोग रकम जम्मा गर्न थापाले आह्वान गर्नुभयो ।
अस्पतालमा क्यान्सर पीडित विपन्न परिवारका बालबालिकालाई सहयोगका लागि स्थापना भएको अंकोलोजी कोषलाई आर्थिक अभावका कारण कुनै पनि नेपालीले गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चीत हुनुपर्ने छैन भन्ने भावनाका साथ बनाउन निर्देशन पनि उहाँले दिनुभयो ।