थ्रेसहोल्ड नराख्न साना दलहरुव्दारा प्रधानमन्त्रीलाई ज्ञापन, थ्रेसहोल्ड राखे आन्दोलन गर्ने चेतावनी

काठमाडौं । साना दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ठूला दललाई सरह सेवा सुविधा दिन माग गरेका छन् । साथै उनीहरुले थ्रेस होल्ड नराख्न माग गरेका छन् ।
साना दलका प्रतिनिधिहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर हालै संसदबाट पास भएको संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धी विधेयकको विरोध गरे । यो विधेयक अनुसार अब सत्तापक्षको प्रमुख सचेतकको सेवा सुविधा बुहमत प्राप्त दल वा सत्ता पक्षमा सहभागी सदस्यको १० प्रतिशत भन्दा बढी सदस्य भएका दलले पाउनेछन् ।
सरकारले ल्याएको विधेयकमा यो सुविधाका लागि १० प्रतिशत सदस्य हुनु पर्ने बाध्यकारी व्यवस्था थिएन । तर, प्रमुख दलहरुले मिलेर संशोधन दर्ता गरे, त्यसलाई समेटेर विधेयक पास भएको छ । साना दलका नेताहरुले राजनीतिक दलसम्वन्धी विधेयकमा थ्रेस हाल्ड नराख्न माग गर्दै ज्ञापन पत्र पनि बुझाएका छन् । समानुपातिक निर्वाचन प्रणाली अपनाएकाले थ्रेस होल्ड राख्न आवश्यक नभएको उनीहरुको तर्क छ । थे्रेसहोल्ड राखे आन्दोलन गर्ने चेतावनी पनि दिए ।