सुनचाँदीको मूल्यमा लगातार गिरावट: सुन तोलामा २२ सयले घट्यो

काठमाडौँ, ११ वैशाख । नेपाली बजारमा आज पनि सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ हजार २ सय र चाँदी प्रतितोला ७५ रुपैयाँले घटेको हो।

महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ तोकेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ७ सय र चाँदी ५ हजार २० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, गत बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार र चाँदी ५ हजार १३० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि आज सुन प्रतिऔँस ४ हजार ७०५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७६ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।