अनुदान वितरण गर्ने बैंकहरुको टुंगो
काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं महानगरपालिका बाहेक उपत्यकाका तीनवटा जिल्लामा अनुदान वितरण गर्ने बैंकहरु टुंगो लगाएको छ । जिल्ला विकास समितिहरुबाट आएको सिफारिसको आधारमा प्राधिकरणले अनुदान वितरण गर्ने बैंकहरुको टुंगो लगाएको हो ।
थप परामर्श गरेपछि काठमाडौं महानगरपालिकामा अनुदान वितरण गर्ने बैंकहरुको पनि टुंगो लगाइने प्राधिकरणले जनाएको छ । उपत्यकामा अनुदान वितरणका लागि प्राधिकरणले केही दिनअघि नेपाल बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियसन र नेपाल फाइनान्सियल इन्स्टिच्युसन एशोसियसनसँग छलफल गरेको थियो ।
यसअघि उपत्यका बाहिरका ११ जिल्लामा अनुदान वितरणका लागि प्राधिकरण र तीनवटा बैंकर्स एशोसियसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । प्राधिकरणले सोही अनुसार अघि बढ्न बैंकर्स एशोसियसनहरुलाई आग्रह गरेको छ ।