कसैको पदका लागि राष्ट्रलाई बलि दिन सकिँदैन,नेपाललाई फिजी बनाउने षडयन्त्रविरुद्ध एकजुट हुन आह्वान

 

काठमाडौँ । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले कसैको पदका लागि राष्ट्रलाई बलि दिन नसकिने बताउँदै संविधान संशोधनका नाममा नेपाललाई फिजी बनाउने षडयन्त्र भइरहेकाले त्यसविरुद्ध एकजुट हुन आह्वान गर्नुभएको छ ।
प्रेस चौतारी नेपाल गोरखापत्र प्रतिष्ठान शाखाको दोस्रो अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उहाँले सो आह्वान गर्नुभएको हो ।
उहाँले अहिले भइरहेको संविधान संशोधन गर्ने नाटक संविधान कार्यान्वयन हुन नदिने र संविधान असफल बनाउने खेल हो भन्दै मुलुकलाई सही निकास दिने हो भने यो खेल बन्द गरी सबै मिलेर संविधान कार्यान्यनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेता ज्ञवालीले संविधान संशोधन गर्ने नाममा मुलुकमा फेरि राजनीतिक र सामाजिक द्वन्द्व सिर्जना गर्ने खेल भइरहेकाले एमाले त्यसविरुद्ध उभिएको पनि स्पष्ट गर्नुभयो ।