बेष्ट रेमिट र जनउत्थान लघुवित्त विकास बैंकबीच रेमिट्यान्स सम्झौता

काठमाडौं बेष्ट रेमिट नेपाल र रुपन्देही जिल्ला बुटवल–११ माप्रधान कार्यालय रहेको जनउत्थान सामुदायीक लघुवित्त विकास बैंक लि बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा बेष्ट रेमिटको तर्फबाट बजार ब्यवस्थापक तथा संचालन प्रबन्धक प्रदिप श्रेष्ठ र जनउत्थानको तर्फबाट प्रमुखकार्यकारी अधिकृत राम पोख्रेलले हस्ताक्षर गरेका छन् ।
यो सम्झौता सँगै अब विश्वका विभिन्न मुलुकबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स जनउत्थान सामुदायीक लघुवित्त विकास बैंक काबिभिन्न शाखाहरु बाट भुक्तानीलिन सकिने छ ।
गैरआवासीय नेपालीहरुद्धारा प्रर्वद्धित बेष्ट रेमिटले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजानविभिन्न बैंक तथावित्तिय संस्थाहरुका साथै नीजिकम्पनीहरुसँग रेमिट्यान्स भुक्तानी सम्वन्धी सम्झौतालाई प्राथमिकता दिदै आएको छ । बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग पनि तीव्र रुपमा सम्झौता गरिरहेको जनाएको छ ।
जनउत्थान सामुदायीक लघुवित्त विकास बैंक लिसँग भएको सम्झौता सँगै विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिट मार्फत पठाएको रकमअब बेस्ट रेमिटका ३५ सय भन्दा बढी एजेण्ट, सब–एजेण्ट तथा सम्झौताभएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने बेष्ट रेमिटले जनाएको छ ।