ब्राजिलका फुटबल टोलीसहित ८१ जना सवार विमान कोलम्वियामा दुर्घटनाग्रस्त

maitrinews

 

कोलम्विया । ब्राजिलियन फुटबलरसहित ७२ यात्रु नौ जना चालक दलका सदस्य चढेको विमान कोलम्बियामा दुर्घटना भएको छ ।

मडेलिन अन्तराष्ट्रिय विमास्थलका लागि उडेको उक्त विमानमा ब्राजिलियन फुटबल टिम साफाकोएन्सका खेलाडीहरु रहेको अधिकारीहरुले बताएका छन् । उनीहरु एथ्लेटिको नेशनलविरुद्ध दक्षिण अमेरकी क्लब कपको फाइनल खेल्न कोलम्बिया गएका थिए ।
दुर्घटनास्थलमा उद्धारकर्ताहरु खटिएका छन् । तर, क्षतिबारे आधिकारिक विवरण आएको छैन । तर, स्थानीय सञ्चार माध्यमहरुले भने ६ जना मानिस जिवित भएको बताएको छ ।

मेडलिन नजिकै दुर्घटनामा परेको विमान चार्टर गरिएको थियो । दुर्घटनापछि फाइनल खेल स्थगित भएको छ ।