ट्रम्पले ताइवानी नेतासित कुराकानी गरेकोमा चीनको कडा विरोध

बेइजिङ । चीनको विदेश मन्त्रालयले अमेरिकाका राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले ताइवानका नेतासँग फोन गरेकोमा विरोध गरेको छ।
चीनले ताइवानलाई छुट्टिएर रहेको प्रान्तका रुपमा लिन्छ।
अमेरिकाले सन १९७९ मा तय गरेको नीति अनुसार ताइवानसँग औपचारिक सम्बन्ध विच्छेद गरेको थियो।
ट्रम्पको संक्रमणकाल व्यवस्थापन समुहले ट्रम्प र साइ इङ वेनले आर्थिक राजनीतिक र सुरक्षा व्यवस्थाबारे नजिकको सम्बन्ध रहेकोु बारे कुराकानी गरेको बतायो।
अमेरिका ताइवानको महत्वपूर्ण मित्रदेश हो। उसले ताइवानलाई आत्मरक्षाका लागि पर्याप्त हातहतियार उपलब्ध गराउँछ।
चीनले भनेको छ ( उसले वाशिङटनसँग विरोध दर्ज गरेको बताएको छ।
चीनको राज्य नियन्त्रित समाचार संस्था सिन्ह्वाका अनुसार चीनले अमेरिकालाई चीन अमेरिका सम्बन्धमा अनावश्यक गडबडीबाट बच्न ताइवान मुद्दालाई ध्यानपूर्वक र सही तरिकाले सञ्चालन गर्न आग्रह गरेको छ।