सुनको मूल्य सामान्य बढ्याे, कतिमा भयाे काराेबार ?

काठमाडौँ, २८ असार । स्थानीय बजारमा आइतबार सुन र चाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार यसको मूल्य प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँ कायम थियो।

सुनको भाउ बढ्दा चाँदीको मूल्य भने केही सस्तिएको छ। गत शुक्रबार प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३५ रुपैयाँले घटेर ४ हजार ४७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।