निमोठिएको गुलाब — लक्ष्मण ढकाल

मङ्सिर महिना, भर्खर झरीका दिन पार गर्दै चिसोले स्वागत गर्दै गरेको महिना । यसैसँगै सुरु हुन लगेको मेरो जीवनको नौलो अध्याय । भर्खर स्कुले पढाइसकेर कलेज जीवन सुरु गर्दै थिएँ म । स्वास्थ्य मेरो पहिलो रोजाइ । अनि त्यसैलाई सफल बनाउन सुरु गर्न लगेको मेरो अध्यान एच ए ।
कलेजको पहिलो दिन थियो । म अलि ढिलो उठ्न पुगेछु । मङसिरे जाडोले हो कि कलास ६ बजे सुरु हुन्थ्यो । म ब्यूँझिँदै त्योभन्दा ५ मिनेट समय ज्यादा भैसकेको थियो । जाडोले बिस्तारा छोड्ने मन नहुँदा(नहुदै पनि म हतारिएर उठे र फ्रेश हुन लागे । कलेज जाने क्रममा ममा छुट्टै किसिमको डर पैदा भयो । पहिलो क्लास, म झण्डै आधा घण्टा ढिलो जादै थिएँ ।
कलेजभित्र छिरेर सिधै नोटिस बोर्डतिर हेरेँ । हाम्रो कलास डि ब्लकको ३ नं रुममा चल्दै रहेछ । अरु वास्ता नगरी म सिधै कलासतिर लागें । मेरो आगमनले कोठाको एकाग्रता भंग हुन पुग्यो । म डराउँदै भित्र छिरे र अन्तिम बेन्चतिर लागें । पहिलो दिनमै डा संयोग पौडेल सरले ब्लबतयmथ को कलास लिदै हुनुहुँदो रहेछ, भर्खर परिचय सकेर । म नजिकैको साथी भन्दै थियो । उसको नाम समीर रहेछ ( समीर शर्मा घर म्यग्दिरहेछ ऊसँग छोटो परिचय भयो। मेरो कलासका अरु साथीसँग परिचय भएको थिएन ।
एकैछिनमै मेरो नजर अर्को तर्फको अन्तिम बेन्चतिर पर्न गयो एउटी निकै सुन्दर केटी बसिरहेकी थिई । उसले पहेलो कुर्था लगएकी थिई, आँखामा बाक्लै गाजल लगाएकी, उसका आँखा निकै नसालु देखिन्थे । मेरो नजर ऊसँगै जोडले ठोकिन पुगे । मनमा छुट्टै कतुहलता महसुस हुन थाल्यो । मेरो ध्यान बलबतयmथ कलासभन्दा ऊतिर नै गयो । घडीमा सात बज्नासाथ घण्टी पनि बज्यो । पिरियड सकिएको जनाउदै सर आजको कलास सकियो भन्दै हाजिर उतार्न थाल्नुभयो । योसँगै मनमा एउटा नौलो आस पलायो, उसको नाम सुन्ने । तर म जति खुसी थिए त्यति नै दुखी बने कारण सरले नाम होइना रोल नं अनुसार बोलाउन थल्नुभो मेरो रोल नं ५ रहेछ । फेरि मेरो ध्यान ऊतिरै गयो उसको रोल नं रहेछ १३ । ऊ चुलबुले भए पनि बेला बेलामा मतर्फ हेरिरहन्थी । अनि म उसको नजरबाट भागी अगाडि हेरेको नाटक गर्थे ।
पिरियड ग्यापको समयम मेरो थप २ जना साथीसित परिचय भयो । एउटाको नाम नरेश रहेछ, ऊ हुम्लाको थियो । अनि अर्को चैं अमोल, ऊ नेपालगन्जको थियो । योसँगै हाम्रो ४ जनाको छुट्टै समूह बन्यो । साथी त्यस्तो नाता जो बन्न कुनै चिजको आवास्यकता पर्दैन ।
नियमित कलास चल्दै गए । समय छुट्टियो ब्रेकको लागि हामी ४ जना जुन भर्खरैको दौंतरी थियो । लाग्यौं खाजा खान क्यन्टिनतर्फ । सबै कलासको ब्रेक टाइम जुधेर होला क्यान्टिन खचाखच भरिएको थियो । कुनामा एउटा टेबल खालि थियो । त्यो पनि ३ जना मात्रै बस्न मिल्ने । हामी त्यतै लाग्यौ । तीन जना साथीहरू पालै पालो बस्दै गए, अभाव ममा खड्कियो । तल हेर्ने बित्तिकै मेरो नजर फेरि ऊसित ठोक्किन पुगे । जो पहेलो कुर्तामा थिई, अन्तिम बेन्चमा ।
कतैबाट मधुर अवाज आयो ूबस्नुस्ू भन्दै । मेरो ऊतिर रहेको एकाग्रता भङ्ग भयो । त्यो आवाज उसैको थियो जसलाई म बिहानदेखि पछ्याइरहेको थिएँ । मैले बल्ल ख्याल गर्न भ्याएँ ( एक जना बस्ने ठाउँ खालिरहेछ । मलाई त्यहाँ बस्न अलि सङ्कोच लाग्यो । हिम्मत गरेरै बसे । हामी खजा खानै तल्लिन भयौं । मनमनै सोचें म भाग्यमानी नै रहेछु । मनले छोएको उनी, उनीसँगै खाजा खाँदै म, तर अपरिचित ।
मेरो मनभित्रको एउटा कौतुहलताको अँझै निराकरण भएको थिएन उनीसँग परिचित पात्र बन्ने । यत्तिकैमा उनी मेरो सामुन्नेबट विलय भइन् । नाजवाफ मेरो मनलाई लिएर नै छुट्टिनुपर्ने बेला भयो । म सिधै आफ्नो कोठातिर लागें, रामरेखा । मन निकै चञ्चल बन्यो । यस्तो लाग्यो उसको त्यो चुलबुले बानी मैमा समाहित भयो । एकै नजरमै बिना चिनजान । दिन र रात उसकै कल्पनामा बित्यो । मनमा ऊसँग जोडिने तारङ्ग लिएरै सुतें ।
बिहान ४ बजे नै निद्राले आँखाको सामीप्य छोड्यो । केही समय छटपटीमै बित्यो, तयार भई लागें कलेजतर्फ ।
संयोग भनौं या के भनौं मेरो भेट उनैसँग भयो दूरसंचार रोडमा । उनी हिजोकै पहिरनमा थिइन् । मनमा नानाथरि कुराले भुइँचालो निम्त्यायो । मेरो लागि उनीसँग परिचित हुने सुनौलो अवसर थियो, त्योभन्दा बढी डर पनि । हिम्मत् गरेरै त्यो संवादविहीनतालाई तोड्न खोजे,ूतिमी बस्ने कता रुू
केही छिनपछि मधुर स्वरमा जवाफ आयो,ूयही नजिकै चोकबाट भित्रतर्फ । हजुर नि रुू
ूम रामरेखा ।ू
ूए ए ।ू
ूकहाबाट हो नि ?
ूपर्वत, अनि हजुर ?
ूबाग्लुङ । अनि तिम्रो नाम नि ? यो प्रश्न सोध्दै गर्दा मन सशङ्कित भयो ।
ूभावना, भावना शर्मा ।ू
नाम सुनेपछि मेरो मनले भन्यो ( सायद मेरो भावना बुझाउन खोज्नेको नामै भावना परेछ ।
परिचय नसकिदै हामी हाम्रो कलेजको गेट नजिकै पुगेछौ । धौलागिरी प्रविधिक शिक्षा प्रतिष्ठान हामी पढ्दै गरेको कलेज । जुन गुठीमा थियो । कलेज प्रवेश हुँदा अलि चाँडो भएर होला त्यति साथीहरू उपस्थित थिएनन् । कलासतिर लाग्यौं । मेरो साथी समीर आइसकेको रहेछ । हामी आफ्नो साथी पक्रेर गुफ गर्न लाग्यौं ।
त्यो दिन कलेजका धेरै साथीसँग परिचय भयो । तर हामी चार जनाको छुट्टै समूह बन्यो । एक अर्काबीच सामान्य कुरा भैइरहन्थे । मेरा नजर बेला बेला उसैतिर गैइरहन्थे । ऊ पनि झुक्काउदै मतिर हेरिरहेकि हुन्थी । तर नजर झुध्यो भने उसले टाउको अर्कैतर्फ मोड्थी । मेरो मनले उसलाई साथीको रुपमाभन्दा पनि प्रेमिको रुपमा हेर्न थालिसकेको थियो । म जाहेर गर्न सकेको थिइन, एकोहोरो प्रेममा थिएँ । उसको मनमा के चल्दै थियो मेरो बारे त्यो भने पत्तो थिएन मलाई ।
एक दिन हिम्मत् नै गरेर उसलाई म्यासेज गरे लेखें,ूके हामी भेट्न सक्छौ रुू
झन्डै १ घण्टापछि जवाफ आयो,ूकिन ?
म अलिकति नर्भस भएँ के भनौं भनेर । अनि लेखें,ूतिमीसँग कुरा गर्नु छ ।ू
ूकल् गरेर भन्न हुदैन ?
ूप्लिज भेटौं न ल १ू
मेरो जिद्धिपछि उसले समर्थन गर्दै भनी,ूकहाँ भेट्ने ?
ूहल्लनचोक, साँझ ५ बजे ।ू
ूइप्श्ू भन्दै उत्तर आयो ।
म्यासेज गरेपछि मन् झनै अन्योलमा पर्यो । उनीसँगको पहिलो भेट नितान्त कुनै औपचारिक प्रसंगबिनाको । म कसरी उसलाई आफ्न मनको कुरा भन्ने सोचिरहें ।
घडीले साँझको पाँच बजायो । मेरो मनको ढुक्ढुकी झन्(झनै बढ्दै गयो ।
म चोकमा बसेर उसलाई कुरिरहेको थिएँ । झण्डै २० मिनेटको पर्खाइपछि ऊ अलि पर देखिई। उसको आजको पहिरनले मेरो मन झन प्रभवित बन्यो । ऊ निलो कलो टिसर्ट र निलो जिन्समा सजिएकी थिई । आँखाहरू गाजलले सिङ्गारिएका थिए, ओठमा कलेजी रङ्गको लिपिस्टिक लगाएकी थिई । यस्तो ड्रेसअपमा उसलाई म पहिलो पटक देख्दै थिएँ । ऊ मेरो नजिकै आई । यो पलमा मेरो मुटुको धड्कन बहिरै सुनिने भाुको थियो कुनै ब्लहष्भतथ म्ष्कयचमभच को बिरामी झैं ।
सामान्य कुराकानी पछि मैले उसलाई खाजाको लागि रेस्ट्रुरेन्ट्को अफर गरें, उसले सहमति जनाई । हामी लाग्यौं उसैको रोजाइको रेस्ट्रुरेन्ट बेस्ट(वनतिर। हामी देब्रेतिरको टेबलमा बस्यौ जुन पर्दाहरूले घेरिएको थियो । मैले उस्लाई खाजाको अर्डर दिन भनें, उस्ले मेनु पल्टाउन थाली । त्यति नै बेला मेरो नजर उसको छातीतिर पर्यो । उसका छातीका अंगहरू निकै ठुला देखिन्थे । मेरो नजर उसको छतिमा परेको थाहा पाएर ऊ रिसाउँदै भनी,ूके हेरेको रुू
म केही नबोली नजर त्यहाँबाट हटाएँ । ऊ फेरि मेनु हेरी चिकेन् मोस्मो र मिक्स् चाउमिनको अडर गरी । म ऊसित केही पर्सनल कुरा गर्न थालेँ । पहिलो अनौपचारिक भेट अरु के नै भन्न सक्थे र मैले रु
ूतिमी अप्ठ्यारो मान्दैनौ भने केही कुरा सोधुँ रुू
ूभन न, किन अफ्ठ्यारो मान्ने रुू जवाफ उसले दिई ।
ूम्य ग जबखबभ बलथ क्उभअष्ब िाचलकरुू
ूके रु बुझिन मैले,ू उसले भनी ।
ूठिकै छ अरु कुनै दिन भनौंला ।ू
ूकिन डराएको हँ रु कुरा गर्न म बाघ् भालु होइन खादिन क्यारे १ू उसले हाँस्दै भनी ।
ूहोइन त्यस्तो त रु कोही छैन किन रु कति डरपोख हो के तिमी,ू उसले भनी ।
मलाई भने रिस उठ्यो बुझी(बुझी नाटक पो गर्दिरहिछ भनेर । तैपनि मन भने खुसी नै भयो ।
ूम बन्न मिल्छ कि भनेर निरुू
ऊ मुस्कुराई मात्रै । एकछिनपछै फेरि भनी,ूत्योभन्दा बढी चाहिं सोच्ने होइन नि१ू
म हाँसे मात्रै ।
हाम्रो भेट्ने क्रम बिस्तारै बढ्दैगयो । यसैबीच ऊ आफ्नो कोठा सरी रामरेखामै । हाम्रो कोठा(बीच मत्रा ४ मिनेटको दूरी थियो । फोनमा पनि हामी घण्टौ बिताउन थालेका थियौ ।
वैशाखको महिना थियो, भर्खर साँझ पर्दै थियो । उसलाई फोने गर्दै बहिर घुम्न जाने कुरा गरें । उसले सहमति व्यक्त गर्दै उसको रुमको अगाडि बोलाई । हामी रामरेखाको तल्लो ढिक हुँदै निस्क्यौं । हिड्दै गर्दा उसको हात समात्दै नजिक तानें, उसले कुनै प्रतिकृया दिइन । पहिले पहिले यस्तो गर्दा उसले हात थुतेर पर भाग्थी । हामी ढिक्मै रहेको चउरमा बस्यौ ।
त्यस दिन ऊ अरु दिनभन्दा फरक मुडमा देखिन्थी । ऊ मेरो नजिक बसी र टाउको मेरो पाखुरामा अड्याई । उसको हात् समात्दै भनें,ूतिम्रो दिलको मालि बन्ने रहर छ । तिमी सहमति दिन्छौ कि नाइँ रुू
उसले ूके रेरुू भनी टाउको मेरो कुमबाट हटाई । म अलि डराएँ । एकै छिन मौनतामै बित्यो । मैले फेरि सोधें,ूजवाफ् नदिने हो रुू
समय फेरि मौनतामा बदलियो । मनमा असंख्यौ कुराहरू उब्जिए,ूमैले कतै गल्ती त गरिन रु के म उसलाई यसरी प्रपोज् गर्नु हुन्थ्यो रुू
मेरो अनुहार अँधेरियो । उसले मेरो अनुहारतिर हेरी र भनी,ूअब जाऊँ है १ू
मैले बसौं भन्न पनि सकिन । म विवश भएँ उसका कुराको स्वीकारोक्ति व्यक्त गर्न । हामी बिस्तारै हिंड्दै गयौं । मैले फेरि पहिलेको हर्कत दोहोराएँ, तर पनि उसले प्रतिवाद गरिन । उसको र मेरो हात क्रस परेर क्ष्लतभचयिनगभ भएका थिए । हिड्दा न ऊ केही बोली न त म केही बोल्नै सकें ।
उसको कोठा नजिकै आइपुग्यौं । उस्ले हात बिस्तारै निकल्न खोजी । मैले भनें,ूम तिम्रो जवाफको प्रतिक्षामा हुनेछु ।ू
ऊ द्यथभ न्ययम ल्ष्नजत भन्दै गेटबाट भित्र छिर्न लागि । अँध्यारो मुख बनाउदै मैले नि वाइ गुड नाईट भन्दै अघि बढे । अलि पर पुगेर फर्केर हेरें, ऊ गेटमै बसेर मतिर हेर्दै थिई । म सरासर रुमतिर लागे ।
त्यो रात खान मन लाग्ने कुरै भएन । एक कप चिया बनाएर पिएँ । मनभरि उसकै बारेमा कुरा खेलिरह्यो । मनले भन्यो साथीको रूपमा भए पनि पाएको उसको साथ यही कारणले गुम्ने भयो । जे भएपनि ऊ मेरो नजिक त थिएँ । अनियन्त्रित मन लिएर बिस्तारामा पल्टिए । सुतेर फेसबुक खोलें । न्युजफिड एक चोटि सरसर्ती हेरेर स्टाटस् लेखें ( ँभभष्लिन क्ष्चचष्तबतभम धष्तज mथ षिभ १
एकैछिनपछि नोटिफिकेसनको बिप बज्यो । कमेन्ट आएको रहेछ । उसैको लेखेकिरहेछ ( किन के भयो रु
मैले कुनै चभउथि दिइन । रात कोल्टो फेर्दा(फेर्दै बित्यो । भोलिपल्ट पनि केही गर्ने जाँगर चलेन । न त उसलाई कल गर्ने हिम्मत नै जुट्यो । आफैलाई दोषी सम्झेरै बित्यो । ३ दिनपछि खाना खाएजस्तो गरें । आँखाले निद्रा भूलिसकेको थियो ।
फेसबुक खोलें । उसको म्यासेज आयो,ूके गर्दै छौ रुू भन्दै ।
ूसुतिरा,ू जवाफ दिएँ ।
ूसरी ल, म घर गाुको थिएँ, त्यसैले फोने गर्न सकिन ।ू
मन नलागि नलागि लेखें,ूकिन रुू
ूअन्कल बिरामी हुनुभाथ्यो त्यसैले,ू उसले भनी । ूभोलि फ्रि छौ रुू
ूअँ, किन रुू
ूभोलि भेटौं ल, तिम्रो प्रश्नको जवाफ नि भोलि नै दिन्छु ।ू
मैले हुन्छ मात्रै भने। अनि अफलाइन भए ।
मनले सकरात्मक जवाफ पाउने आस मारिसकेको थियो । त्यो रात पनि बिगतका केही रातभन्दा केही फरक भएन । अर्को दिन दिउसो ४ बजेतिर उसले कल गरी भनी,ूल मेरो रू म अघि आऊ ।ू
मनमा कुनै चमक थिएन । म निरास मन लिएरै कोठाबाट निस्किए ।
उसको कोठा अगाडि पुग्दा ऊ निकै खुसी मुद्रामा देखिन्थी । उसले पहिलो दिन हामी भेट्दाको दिनकै पहिरनमा थिई । उसको ओठमा गुलाबी रङ्गको लिपिस्टिक र आँखामा बाक्ले गाजल थियो। उसका छातीहरू पुष्ट देखिएका थिए । तर मेरो पनि मन निराश नै थियो । उसले मेरो एकोहरो हेराइ र निराशापन तोड्न खोज्दै भनी,ूहिंड जाऊँ ढिकतिर ।ू
म केही नबोली लागे उसैको पछिपछि ।
उस्ले मलाई ढिकमा लगी र एकोहोरो हेरी मात्र रही । म उसको हेराइबाट बच्न अर्कोतर्फ मोडिए । उस्ले मलाई फेरि आफूतिर तानी । त्यतिबेला उसका आँखा रसाएका थिए। ऊ मलाई अंगाल्दै रुन्चे स्वरमा भनी,ूम तिमीबाट टाढा हुन सक्दिन । तिमीबाट टाढा हुन खोजें, तर सकिन ।ू
यति भन्दै गर्दा उसका आँशुले मेरो शरीरमा केही चिसो अनुभव भयो । मेरो मनमा राहत अनुभूति भयो । मैले उसको अनुहार आफूतिर फर्काउदै भनें,ूजवाफ दिन कति ढिला गर्यौ भावना ।ू
ऊ फेरि रुँदै भनी,ूम दोधारमा थिए तिमीलाई रोजौं वा त्यागौं । तर सकिन सोच्न तिमीबिनाका ती दिनहरू ।ू
ऊ ममाथि हाभी भै फेरि कसिलो आङ्गालोमा बेरिई । म ऊसँगको समिप्यमा डुब्न थालें, उस्लाई चुम्बन गर्न थलें । उस्ले कुनै प्रतिवाद गर्न चाहिने मेरो ओठ उसको ओठ नजिकै लगें । उसको स्वासदर निकै बढेको थियो । मैले उसका कोमल ओठलाई चुम्दै गर्दा ऊ झनै आक्रमक भई ।
हाम्रो जीवनमा खुसीको बहार आएको थियो। हामी आफ्नो डियुटी समय मिलाएर बिताउथ्यौं । यो बीचमा हामीबीच सबै खले सुखको प्रवाह भयो, शारीरिक सुखसम्म पनि । अब हामीमा साट्नुकेही बाँकी थिएन । हामी एक(अर्कोको कोठामा घण्टौ बिताउथ्यौ यो दैनिकी जस्तै थियो ।
हाम्रो दैनिकी फेरिदै थियो । हामी सधैं साँझमा भेट्ने गर्थ्यौ । ऊ चटपट निकै मन पराउथी । उसकै करले होला कहिल्यै चटपट नहेर्ने मानिस चटपट अलिअलि खान थालेको थिएँ । हो भन्छन्, मायामा सबथोक परिवर्तन गर्ने शक्ति हुन्छ । उसले पनि मेरै धेरै बानीलाई परिवर्तन गराइसकेकी थिई । र म आजभोलि उसको आज्ञाकारी चेलो झै बनेको थिएँ ।
एक दिन चटपट खादै गर्दा ऊ भन्दै थिई,ूयो साथ सधैभर रहन्छ त रुू
म अलिकति अत्तालिएँ । जवाफ दिनुभन्दा म उसको अनुहारतिर हेरेर एकोहोरिएँ । मेरो अनुहार हेरेपछि उसले फेरि भनी,ूतिमी जवाफ त देऊ ।ू
म अनुत्तरित नै बसें ।
ूतिमी एक्लै बस्न सक्छ्यौ त रुू उसले हाँस्दै भनी । ूकति डरपोक हो के तिमी रु म यसै जोक पो गर्या । म तिमीबिना कसरी बाँच्न सकुँला त १ू
हाम्रो अन्ति म वर्षको पढाइ चल्दै थियो हामीलाई ऋयmmगलष्तथ ँष्भमि को लागि पठाइयो । दुर्भाग्यवश मेरो र उसको ग्रुप भिन्दा भिन्दै पर्यो । म ग्रुप् ब्लाई समाल्दै गल्कोट जानु पर्ने भो, ऊ ठुलीपोखरी । हामी दुई महिनाको लागि छुट्नु थियो । अन्तिम रात ऊ र मसँगै रहयौ। उस्लाई रुँदै भन्थी,ूतिमीबिनाको त्यो दुई महिना कसरी काट्ने १ू
आफ्नै मन उस्तै भए पनि उसलाई सम्झाउदै भन्थें,ूहामीसँग कुरा गर्ने फोने छँदैछ नि । हामी सधैंजसो फोनमै व्यस्त हुन्थ्यौं । ऊसँग कुरा गर्दा घण्तौ बितेको न त रात काटेको पत्तो नै हुन्थ्यो, न त दिन ।
यसबीचमै फाइनल परीक्षाको रुटिङ्ग आयो। हामीले फोनमा हुने कुराकानी छोट्याउने सहमति गर्यौ । हाम्रा कुरा निकै छोटा बन्दै थिए । हामी पढ्नमा ब्यस्तै भयौ । हाम्रो दुई महिने फिल्ड पनि सकियो । फर्केर पनि त्यति धेरै भेटघाट गरेनौं । दिनमा एकपटक चाहि भेट्थ्यौ । परीक्षा सकिएको अन्तिम दिन हामी फेरि भेट्यौं मेरो आफ्नै रुममा । ऊ पहिलेका दिनमा जस्तो हँसिली देखिदैनथी । मैले केही बुझ्न खोजें, उसले केही बोल्न चाहिन । उसले भनी,ूम भोलि नै घर जादैछु ।ू
ूकिन रुू
ूकाम छ । बुबाले भोलि नै आउन भन्नुभाुछ त्यसैले म भोलि जानुपर्छ ।ू
म साउति जस्तै बनेर सोधें,ूकहिले फर्किन्छौ त रुू
ऊ ूथाहा छैनू भन्दै कोठाबाट बाहिरिई ।
जब ऊ कोठाबाट निस्किई, मेरो मनमा अनेकौ कुराहरू खेल्न थाले । उसको मनमा के कुरा छ जो मसँग नभनी गई । मबाट केही गल्ती भयो कि रु मैले उसको भावना बुझ्न सकिन किरु
उसलाई सम्पर्क गर्न लाखौ कोसिस गरें तर उसको फोन अफ् थियो । मेरो मन अतालियो म दिनदिनै उसको यादमा डुब्दै गएँ । न खान मन लाग्थ्यो, न त निद्रा नै पर्थ्यो । उसको याद मात्रै थियो अरु केही थिएन । जब फोनको घण्टी बज्थ्यो, मन उसको नम्बर खोज्थ्यो तर जहिल्यै निरास बन्थ्यो । उसैको यादले म डेप्रेसनको शिकार भएँ तर ऊ कहिल्यै मसँग सम्पर्कमा आइन । मनले सधैं उसको फोनको घण्टी खोजिरहयो ।