पुस २२ मा डेढ लाख सडकमा उतार्ने ९ दलको तयारी

काठमाडौँ । व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने नेकपा ९एमाले० सहितका नौ दलले पुस २२ गते राजधानीमा भव्य विरोध प्रदर्शन गर्ने भएका छन् । ती दलले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकाले व्यवस्थापिका संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय हितका विरुद्ध रहेको बन्दै प्रदर्शन गर्ने तयारी गरेको हो । एमालेलगायत नौ दलले ‘पुस २२ गते १ बजे रत्नपार्क जाऔँ, संविधान कार्यान्वयनको पक्षमा राष्ट्रिय एकता प्रदर्शन गरौँ’ भन्ने नारासहित विशाल विरोध सभा गर्न लागेको एमाले सचिव एवं प्रचार विभाग सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
९ दल नेकपा एमाले, नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी लोकतान्त्रिक, नेपाः पार्टी, मधेस समता पार्टी र दलित जनजाति पार्टी का अध्यक्षहरुले सम्बोधन गर्ने तयारी भएको छ ।
प्रदर्शनलाई भव्य बनाउँन पुस १५ गतेदेखि २० गतेसम्म पार्टीका गाउँ, नगर, वडा तथा टोल स्तरका कमिटी र जनसंगठनका जिल्लाभन्दा तलका सबै कमिटी र सबै जिल्ला तथा क्षेत्रीय सम्पर्क मञ्चहरुका बैठक तथा भेला गरी तयारीको काम गर्ने पनि एमालेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यसैगरी, पुस २१ गते मोटरसाइकल ¥याली गर्ने तयारी पनि एमालेले गरेको छ । सो दिन १० हजार मोटरसाइकल सहभागी हुने तयारी गरेको छ । यसैबीच, उपत्यकाभित्र २० र २१ गते एक निर्वाचन क्षेत्रमा कम्तीमा १० ठाउँमा कोण सभा गर्ने तयारी पनि एमालेले गरेको छ । यसैबीच, जिफन्ट र अनेरास्ववियुले आफ्नो कार्यथलो र कलेजमा प्रचारसभा पनि गर्ने भएको छ ।
यसैबीच, ९नेकपा ९एमाले०, नेकपा ९माले०, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी ९लोकतान्त्रिक०, नेपाः पार्टी, मधेस समता पार्टी र दलित जनजाति पार्टीका अध्यक्षहरुको हस्ताक्षर भएको अपिल घर–घरमा पु¥याउने कार्यक्रम पनि राखिएको छ ।
२२ गतेको विशाल सभालाई सफल तुल्याउन एमालेले सामाजिक सञ्जालहरुको पनि व्यापक प्रयोग गर्ने भएको छ । जसका लागि सबैले आफ्ना फेसवुक, पेज, ट्वीटरमा छोटा भाषा र आकर्षक ढंगले २२ गतेका सन्देश पोस्ट गर्ने, फेसवुक तथा भाइबरमा २२ गतेलाई केन्द्रित गरेर गु्रप बनाउने र प्रचार सन्देशमा कसैलाई अभद्र भाषा प्रयोग नगर्ने, सकारात्मक सन्देश मात्र प्रवाह गर्ने निर्णय पनि एमालेले गरेको छ । यसैगरी, पुस २० र २१ गते एसएमएस भाइरल चलाउने र प्रत्येक पार्टी सदस्यले कम्तीमा २० जनालाई एसएमएस पठाउने तयारी एमालेले गरेको छ ।
‘राष्ट्र र भावी पुस्ताका लागि पुस २२ गतेको विरोध प्रदर्शनमा सहभागी हुनेछु’ भन्ने प्रतिज्ञा पत्रमा घर–घरमा गएर अन्य ठाउँमा समेत हस्ताक्षर अभियान चलाउने, पुस २२ गते ३ घण्टाका लागि सबै सडकमा आउने, सिटी जुलुस, दौड जुलुस, प्रतिकात्मक प्रचार शैलीहरु अबलम्बन गर्ने, पुस २० र २१ गते भूगोलका जिल्ला कमिटीहरुले तीनै सहरमा माइकिङ गर्ने, २२ गतेलाई केन्द्रित गरी डिजिटल पोस्टर र पोस्टकार्ड तयार गरी प्रचार–प्रसार गर्ने, पुस २० गते ३ बजे रत्नपार्क शान्तिबाटिकाबाट राष्ट्रिय झण्डासहित प्रचार जुलुश गर्ने, पुस २२ गतेका लागि जिंगल बनाउने, मुख्य नेताहरुको भिडियो सन्देश बनाई २२ गते सभामा आउन अपिल सार्वजनिक गर्ने र आन्दोलनको आवश्यकता र औचित्यबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुलाई ब्रिफिङ गर्ने पनि एमाले केन्द्रीय प्रचार विभागले जनाएको छ ।
आज बसेको बैठकमा विभागका सदस्यहरु, जनसंगठनका केन्द्रीय प्रचार विभाग प्रमुखहरु, उपत्यकाभित्रका जिल्ला कमिटीका प्रचार विभाग प्रमुखहरु, सम्पर्क समन्वय कमिटीका प्रचार विभाग प्रमुखहरु र प्रेस चौतारीका पदाधिकारी तथा उपत्यकाभित्रका केन्द्रीय सदस्यहरु सहभागी थिए ।
पुस २२ गते १ बजे रत्नपार्कबाट मूल जुलुश सुरु भई सहर परिक्रमा गरी ३ बजे भृकुटीमण्डपमा विरोध सभा हुने र सो सभालाई नौवटै पार्टीका अध्यक्षहरुले सम्बोधन गर्ने पनि जनाइएको छ ।