वरिष्ठ साहित्यकार दीक्षितको निधन

maitrinews

काठमाडौँ । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार एवम् पत्रकार कमलमणि दीक्षितको आज बिहान निधन भएको छ ।
नेपाली भाषा–साहित्यमा निरन्तर योगदान पु¥याउँदै आउनुभएका दीक्षितको आज बिहान २ः४५ बजे ८७ वर्षको उमेरमा निधन भएको मदन पुरस्कार पुस्तकालयले जनाएको छ ।
पिता केदारमणि आचार्य तथा माता विद्यादेवी दीक्षितका माहिला पुत्रका रुपमा विस १९८६ भदौको कुशेऔँसीका दिन जन्मनुभएको थियो ।
छ दर्जनभन्दा बढी पुस्तकको लेखन तथा सम्पादन गरिसकेको स्व दीक्षितका दुई हजारभन्दा बढी फट्कर कृति प्रकाशित भएका छन् ।
दीक्षितका दुई छोरा र एक छोरी हुनुहुन्छ ।