भारतीय क्रिकेटर धोनीव्दारा राजीनामा

नयाँ दिल्ली । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले एकदिवसीय र टी–२० टिमको कप्तानबाट राजीनामा दिएका छन् ।
इंग्ल्याण्डविरुद्धको एकदिवसीय श्रृङ्खलाको पूर्वसन्ध्यामा उनले सीमित ओभरको क्रिकेटको कप्तानबाट राजीनामा दिएका हुन् ।
यद्यपि उनी विकेटकिपर ब्याट्सम्यानका रुपमा भने टिमका लागि भने अझै उपलब्ध हुनेछन् ।
उनले टेष्ट टिमको कप्तानबाट यसअघि नै राजीनामा दिइसकेका छन् ।
३५ वर्षीय धोनी २००७ मा कप्तान बनेका थिए । उनको कप्तानीमा भारतले २००७ मा टी २० विश्वकप, २०११ मा विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफी जित्यो ।