वन्यजन्तु संरक्षणमा बर्दियाका युवा — कल्पना पौडेल

maitrinews

खाता क्षेत्र जैविक मार्ग,
हरियाली बनाऔँ है,
वन्यजन्तु हिँड्ने बाटोमा
बाधा नपु¥याऔँ है,
इन्डियाको बघिनी नेपालमा आउने,
नेपालको बाघसँग मायाप्रीति लाउने ।
उनीहरूको मायाप्रीति नछुटाऊँ है,
वन्यजन्तु हिँड्ने बाटोमा बाधा नपु¥याऊँ है।’

बर्दिया खाता जैविक मार्गका भदयी थारुले वन्यजन्तु संरक्षणमा लागेका युवालाई उत्साहित गर्न गाउने गीत हो यो ।

चाहनाको आँकलन गर्न मुस्किल छ । कुनै व्यक्तिले केही कुरा गर्न चाह्यो भने जतिसुकै अप्ठेरो परे पनि पछि हट्दैन भन्ने उदाहरण हुन् भदयी । प्राकृतिक सुन्दरताले भरिपूर्ण बर्दिया जिल्लाको पर्या पर्यटन र वन्यजन्तुको संरक्षण लागेका यस्ता व्यक्तिले निभाइआएको भूमिका जो कसैका लागि प्रेरणा बन्नसक्छ ।

भदयी एक यस्ता व्यक्ति हुनुहुन्छ, जसले बाघको आक्रमणबाट एउटा आँखा नै गुमाउनुभएको छ तर पनि उहाँको प्रकृतिप्रतिको मोह र जङ्गली जनावरप्रतिको मायामा कुनै कमी आएको छैन ।

निकुञ्जमा खरखडानी खुलेका बेला २०६० पुस २२ गते बाघसँगको मुठभेडमा बाघको पञ्जा बायाँ आँखामा पर्दा उहाँले आँखै गुमाउनु भएको थियो । उहाँ अहिले बाघ र वन्यजन्तु जोगाउन संरक्षणका यस्तै गीत गाउँदै गरेको अवस्थामा भेटिनुहुन्छ । संसार देख्ने आँखा गुमेको भए पनि बाघको संरक्षणमा उहाँको सक्रियता झनै बढेको छ ।

पटक पटक जङ्गलमा बाघ, हात्ती र गैँडाले पनि लखेटेको छ उहाँलाई । तर ती दुर्लभ जनावरको संरक्षणका लागि उहाँले आफ्नो तर्फबाट कुनै कसर बाँकी राख्नुभएको छैन ।

वन्यजन्तु संरक्षणको सन्देश दिने सुमधुर गीत गाउन पोख्त भदयीले गाउँका युवालाई संरक्षणमा लाग्न हौस्याइरहनुहुन्छ । भारतको कर्तनियाँ वाइल्डलाइफ सेञ्चुरी र यताको बर्दिया रानीका वन्यजन्तु खाता जैविक मार्गबाटै ओहोरदोहोर गर्छन् । यस बाटोमा बाधा नपु¥याऔँ भन्ने सन्देश यस्ता गीतमा हुन्छ र उहाँले युवामाझ यस्तो सन्देश पु¥याउन खोज्नुभएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको राष्ट्रिय निकुञ्जका वन्यजन्तु ओहोरदोहोर गर्ने बीचको करिडोर खाता क्षेत्रका स्थायी बासिन्दा भदयीको जीवन बाघको आक्रमणपछि फेरिएको छ ।

बाघसँग लडेर बाँचेपछि उहाँको चर्चा नेपालमा मात्र होइन विदेशसम्म पनि फैलिएको छ । उहाँको बहादुरीकाबारे सुनेपछि हलिउडका नायक तथा चर्चित चलचित्र टाइटानिकका अभिनेता लियोनार्दो डिक्रापियोले पनि बर्दिया आएर भेट गर्नुभएको थियो ।

नायकसँगको भेट सम्झँदै भदयीले भन्नुभयो – “उहाँले बाघको आक्रमणले आँखा गुमाउँदा पनि तपार्इंको वन्यजन्तु संरक्षणप्रतिको लगाव प्रशंसायोग्य छ । तपाईं बहादुर मान्छे हो । बाघ नेपालको मात्र नभएर विश्वकै सम्पत्ति हो, यसलाई जोगाउनु सबैको कर्तव्य हो भनेर उहाँले भन्दा मलाई निकै खुसी लागेको थियो ।”

भेटकै क्रममा उहाँलाई अभिनेता डिक्रापियोले आफूले लगाएको चस्मा उपहार दिनुभएको थियो । त्यो चस्मा आजसम्म पनि भदयीले जोगाएर राख्नुभएको छ । कहिलेकाहीँ महत्वपूर्ण कार्यक्रममा मात्र त्यो चस्मा लगाउने गरेको उहाँले सुनाउनुभयो ।

वन्यजन्तु संरक्षणमा लागेको कदरस्वरुप उहाँले २०६१ सालमा डब्लुडब्लुएफको अब्राहमले संरक्षण पुरस्कार पनि प्राप्त गर्नुभएको छ । बाघसँग कस्तो मुठभेड भयो रु त्यसको सामना कसरी गर्न सक्यो रु यी कुरालाई झल्काउन उहाँले अङ्ग्रेजी चलचित्रमा बेलायतकी अभिनेत्री मेन्सीसँग अभिनयसमेत गर्नुभएको छ ।

वन्यजन्तु संरक्षण र वनजङ्गल जोगाउने अभियानका सिलसिलामा उहाँ दुई सामुदायिक वनसँग पनि आबद्ध हुनुहुन्छ । उहाँलाई बर्दिया रानी घुम्न आउने जो कोही पाहुनाले भेटेर बाघसँग लडेका कथा सोध्छन् र उहाँ दङ्ग पर्नुहुन्छ ।

अब तपाईंको के इच्छा छ भनेर राससले राखेको जिज्ञासामा उहाँले भन्नुभयो – “मैले विदेशका पाहुनालाई आफ्नो देशमा भएको वन्यजन्तु संरक्षणका कुरा भनिरहें । मलाई विदेशका मानिसले आफ्नो देशका वन, वन्यजन्तुको कसरी संरक्षण गरेका छन् भन्ने कुरा जान्न मन छ । मलाई ती देशमा गएर एक पटक आफ्नै आँखाले देख्न रहर छ ।”

यसका लागि पटक पटक रानीलगायत संरक्षणमा लागेका संस्थामा अपिल गरेको भए पनि अवसर नपाएको उहाँको गुनासो छ ।

अर्का पथप्रदर्शक कृष्ण शाह सन् २०१६ फरवरी १३ मा बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकलाई घुमाउँदै गर्दा बाघसँगको मुठभेडमा घाइते हुनुभयो । पर्यटकलाई जोगाउने क्रममा आफू घाइते भए पनि पर्यटकलाई बचाउन सकेकामा उहाँलाई सन्तोष छ ।

एक महिनाको लामो उपचारपछि सामान्य अवस्थामा फर्किनुभए पनि बाघले बनाएको घाउ उहाँको खुट्टामा अझै छ । आमाबुबाले मृत्युको मुखबाट फर्केर आएको छोरो भनेर पेसा छोड्न भने पनि उहाँको मनले त्यसो गर्न मानेन ।

“वन जङ्गल र वन्यजन्तुसँग बसेको माया सजिलै छुटाउन सकिँदैन नि, आजभोलि त झन रमाइलो लाग्छ, उसले मार्ने भए त मारिहाल्थ्यो, तर ऊ सुत्केरी बघेनी रहेछ, त्यसैले आक्रमण गरेको थियो” – उहाँले भन्नुभयो ।

नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्जका रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज एक मात्र यस्तो निकुञ्ज हो जहाँ पर्यटकले एकैपटक जङ्गली हात्ती, बाघ र गैँडाको अवलोकन गर्न सकिन्छ ।

बाघसँग लडेर बाँचेका यी दुई व्यक्तिको अहिले बर्दियाका नायकका रुपमा चिनिनुहुन्छ । धेरैले उहाँहरुसँग ‘तस्बिर खिच्नुपर्छ’, ‘कथा सुन्नुपर्छ’ भन्दै घेरा हाल्छन् ।

घाइते भएर अस्पतालमा पुग्दा पनि चिकित्सकले कथा मात्र सोधेर उपचारमा ढिलाइ गरेपछि प्रशासनमा गुनासोसमेत गर्नुपरेको आफ्नो संस्मरण कृष्णले सुनाउनुभयो ।

“घाइते अवस्थामा त मानिस कसरी लडिस् भन्दै अनुभव सोध्थे भने अहिले पनि तँ रियल हिरो होस् भन्दै उत्साहित बनाउँछन्” – उहाँले भन्नुभयो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जनावरसँगको यस्तो दुर्लभ मुठभेड अन्य निकुञ्जमा विरलै मात्र देख्न पाइने बताउनुहुन्छ ।

निकुञ्जका छेउछाउका बस्तीमा जङ्गली जनावरले बेलाबेलामा निकै दुःख दिन्छन् । कहिले घरबार भत्काइदिने त कहिले मानिसको ज्यानै लिइदिने । तर पनि यहाँका मानिसको ती जनावरप्रतिको मोहमा परिवर्तन नभएको अधिकृत थापाको भनाइ छ । भदयी र कृष्णलाई जङ्गलमा जाँदा बाघका पाइला मात्र देखिएन भने आजभोलि न्यास्रो लाग्छ रे १ भदयी भन्नुहुन्छ – “म दिनहुँ जङ्गल जान्छु । अनि बाघ कता कता गएछ भनेर हेर्छु । कुनै दिन उसका पाइला देखिनँ भने भारततिर गएछ कि सिकारीले फेला प¥यो भन्ने शङ्का उठ्छ ।”

बर्दिया रानीमा वन्यजन्तु संरक्षण र चोरी सिकारी रोक्न भदयीका साथसाथै अन्य दुई हजार ५०० युवा स्वतःस्फूर्त रुपमा लागेका छन् । भदयी र कृष्ण पनि यसै अभियानका एक हिस्सा हुनुहुन्छ ।

विसं २०६३ मा चोरी सिकारी नियन्त्रण युवा परिचालन अभियान सुरु भएपछि अहिले ८० प्रतिशत चोरी सिकारी नियन्त्रण भएको अधिकृत थापाको भनाइ छ ।

अभियानका सुरु हुँदा बखतका संयोजक धनीराम चौधरी त्यो समयमा निकुञ्ज र खाता जैविक मार्गका गैँडाको सिकारी बढेपछि आठ नौजना युवा मिलेर सुरु गरेको यो अभियान वन्यजन्तु संरक्षणमा यति अगाडिसम्म आइपुग्ला भन्ने नलागेको बताउनुहुन्छ ।

अहिले युवाको यो विशाल जत्था बर्दियाका गहनाका रुपमा रहेका दुर्लभ वन्यजन्तु संरक्षणमा जुट्दा निकुञ्जको शोभा बढेको उहाँ ठान्नुहुन्छ ।

अभियानका एक सदस्य विनय चौधरी भन्नुहुन्छ – “यहाँ घुम्न आउने पर्यटक र सिकारीले स्थानीय बासिन्दालाई प्रलोभनमा पारी चोरी सिकारीमा उक्साएर आफूहरुले फाइदा लिने र कारबाहीमा स्थानीयवासीलाई पार्ने समस्या बढेपछि अभियान नै चलाई संरक्षणमा लागेका हौँ ।”

अभियानपछि निकुञ्जमा बाघको सङ्ख्या पनि बढेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारी युवा अभियान सुरु भएपछि निकुञ्जमा बाघको सङ्ख्यामा वृद्धि भएको बताउनुहुन्छ ।

युवाले जङ्गलमा गस्ती गर्ने, निकुञ्ज छेउछाउका बस्तीमा गई चेतनामूलक कार्यक्रम गर्ने र सूचना सङ्कलन गर्ने काम पनि सँगसँगै गर्ने गरेको अधिकृत भण्डारीले बताउनुभयो ।

भण्डारीका अनुसार निकुञ्ज कार्यालय बर्दियाले पनि युवालाई गस्ती, अनुसन्धान, जनावर गणनालगायतका काममा सामेल गराउँदै तालिम पनि दिँदै आएको छ ।

सन् २०१५ को गणनाअनुसार बर्दिया रानीमा ५० भन्दा बढी वयस्क बाघ, एक सयभन्दा बढी जङ्गली हात्ती ९जसमध्ये ५० वटा आवासीय छन् भने बाँकी खाता करिडोरबाट नेपाल–भारत ओहोरदोहोर गर्छन्० र ३६ वटा गैँडा छन् । बाघको नयाँ गणना चलिरहेकाले यो वर्ष बाघको सङ्ख्या अझ बढ्ने सम्भावना रहेको भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो – “यस पटकको गणनामा पहिले नदेखिएको स्थानमा पनि बाघ फेला परेको छ । यसपटक बाघको सङ्ख्या अझ बढ्छ ।”

अभियानपछि जङ्गलमा चराको सङ्ख्यामा पनि वृद्धि भएको छ । पन्ध्र वर्षअघि बर्दियामा चराको गणना र खोजी गर्दैै आउनुभएका पक्षीविज्ञ रामबहादुर शाहीले आफूले काम सुरु गर्दाका बेला करिब ३३७ मात्र चरा रहेका बर्दियामा अहिले ६६७ प्रकार चराचुरुङ्गी भेटिएको जानकारी दिनुभयो ।

यो वर्षको गणना एसियाभर जनवरी ९ तारिखदेखि दुई हप्तासम्म सञ्चालन हुँदैछ ।

स्थानीय बासिन्दासमेत सक्रिय भएर लागेको बर्दिया रानीको विकास भने सरकारको आँखा नपर्दा ओझेलमा परेको गुनासो जिल्लावासीको छ । पर्यटक भित्र्याउन सके आर्थिक फड्को मार्न सक्ने प्रशस्त सम्भावना हुँदाहुँदै पनि भौतिक पूर्वाधार नबन्दा सम्भावनामै सीमित भएको बर्दियाका पर्या–पर्यटन विकास मञ्चका अध्यक्ष मोहन चौधरी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “हामी सबै वन वनजन्तुको संरक्षणमा लागको छौँ । पर्यटकका उत्कृष्ट सुविधाका रिसोर्ट, होम स्टे छन् । करोडौँ लगानी भएको छ । तर जरुरत छ त केवल सरकारको पहलको ।”