गायक यमबुद्धको लन्डनमा निधन

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा ुयमबुद्धु नामले परिचित गायक अनिल अधिकारीको शनिबार निधन भएको छ । पत्नी अस्मिता अधिकारीसहित लन्डनमा बस्दै आएका उनी गत दसैंमा नेपाल आएर फर्किएका थिए ।उनी शनिबार बिहान बाथरुममा मृत भेटिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
अधिकारीको पुख्र्यौली घर धनकुटा भए पनि त्यहाँबाट मोरङको सलकपुर बसाइँ सरी पछिल्लो समय काठमाडौं घट्टेकुलोमा बस्दै आएका छन् । कक्षा ६ देखि काठमाडौंमा अध्ययन गरेका २९ वर्षीय यमबुद्धका साथी, फुटपाथ मेरो घर, एकादेशमा, आउँदैछु म, यो प्रसंग, जुत्तामालगायत गीतलाई श्रोता दर्शकले निकै रुचाएका छन् ।
सन् २००७ देखि गायन क्षेत्रमा लागेका उनले सन् २०११ मा ुमिक्सटेपु नामको एल्बम बजारमा ल्याएका थिए । नयाँ एल्बम खतराु रिलिज गर्ने तयारीमा रहेका उनी नेपाली हिपहप र र्यापमा समकालीन अन्य र्यापरभन्दा चर्चित मानिन्थे । उनले विश्वका विभिन्न मुलुकमा आफ्नो गायनकला प्रस्तुत गरिसकेका थिए ।
यमबुद्धकी आमा उर्मिला अधिकारी हाल अस्ट्रेलियामा छिन् भने बाबु अम्बिकाप्रसाद अधिकारी राप्रपाका नेता हुन् । अधिकारीदम्पतीका एक्ला छोरा यमबुद्धले चार वर्षअघि अस्मितासँग विवाह गरेका थिए ।