प्रेमबहादुर सिंह र कुमार खड्का मन्त्री बन्दै

काठमाडौँ । प्रचण्ड नेतृत्वको वर्तमान माओवादी काँग्रेस गठबन्धन सरकार आज विस्तार गरिदै छ । समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका नेता कुमार खड्कालाई आज मन्त्रीको शपथ गराइने भएको छ । सिंहलाई खानेपानी तथा सरसफाइ मन्त्री र खड्कालाई महिला,बालबालिका तथा समाज कल्याणमन्त्रीको जिम्मेबारी दिइँदै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र मधेसी जन अधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई सरकारमा ल्याउन गर्नुभएको प्रयास सफल नभएपछि साना दुई दललाई सरकारमा सहभागी गराउन लाग्नुभएको हो ।