बार्सिलोनासित रियल सोसिडाल पराजित

स्पेन: रियल सोसिडाडको घरेलु मैदानमा बार्सिलोना विजयी भएको छ । गए राति भएको स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको हो ।
उसकै मैदानमा सोसिडाडलाई बार्सिलोनाले १–० ले हराएको हो । बार्सिलोनाको जितका लागि खेलको २१ औँ मिनेटमा नेइमारले गरेको गोल नै निर्णायक बन्यो । बार्सिलोनाका तीन स्टार लियोनल मेसी, लुइस स्वारेज र नेइमार समेत मैदानमै थिए ।