आरबीबी र एनआईडीसीको मर्ज प्रस्ताव अबको मन्त्रिपरिषदमाः उपप्रधानमन्त्री महरा

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय वाणिज्य बैंक र एन.आइ.डि.सी डेभलपमेण्ट बैंकको मर्जको निर्णय अवको मन्त्रीपरिषद बैठकले गर्ने बताउनुभएको छ । ‘मर्जर गर्ने मन्त्रालयको प्रस्तावमा मैले हस्ताक्षर गरीसके । अबको मन्त्रीपरिषदको वैठकमा प्रस्तुत हुन्छ ।’ काठमाडाँैमा वाणिज्य बैंकको ५२ औ वार्षिकोत्सब समारोहलाई सम्वोधन गर्दै उपप्रधानमन्त्री महराले दुबै बैंकको मर्जको प्रकृया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री महराले सरकारको पुर्ण स्वामित्वको बैंक भएको नाताले आधारभूत तहका जनता, ग्रामिण र उत्पादनमुलक क्षेत्रमा बैंकिङ् सेवा पु¥याउने सरकारको दायित्व पुरा गर्न वाणिज्य वैंकले बिशेष ध्यान दिनुपर्ने वताउनुभयो ।