चलचित्र रइस प्रबर्द्धन गर्न शाहरुखको रेलयात्रा

भारत। बलिउडका सुपर स्टार शाहरुख खान आफ्नो चलचित्र रइस प्रबर्द्धन गर्न रेलमा मुम्बईबाट दिल्ली निस्किएका छन् । खानले फरक फरक स्टेशनमा आफ्नो फ्यानसँग चलचित्रको प्रचार गर्ने कार्यक्रम रहेको भारतीय संचार माध्यमले जनाएका छन् ।
सोही क्रममा शाहरुखको रेल गुजरातको वडोदरा स्टेशनमा रोकिएसँगै हजारौ भीडबीच एक व्यक्तिको मृत्यु भएको छ । वडोदरा स्टेशनमा भागदौड मचिदा फरीद खानको मृत्यु भएको हो । उनि आफ्ना आफन्तलाई स्टेशनमा छोड्न आएका थिए ।
फरीद खानको मृत्यु बारे शाहरुखले दुख जनाएका छन् । उनले भने , “म फरीद खानको मृत्युले निकै दुखि बनेको छू । वडोदरामा रहेका क्रिकेटर इरफान पठान र उनका भाई यूसूफ पठानलाई मैले फरीद खानको परिवारलाई सक्दो सहयोग गर्न भनेको छु। ”
फरीद खानका परिवार त्यहि रेलबाट दिल्ली जान लागेका थिए । उनि परिवारलाई छोड्न स्टेशन पुगेका हुन् ।
रेल बम्बे सेन्ट्रलबाट अन्धेरी, बोरीवली, वापी, वलसाड, सूरत, भरूच, बडोदरा, रतलाम, कोटा, सवाई माधोपुर र मथुरा स्टेशनमा रोकिनेछ । यी सबै स्टेशनमा उत्रिएर शाहरुखले आफ्ना दर्शकलाई भेटदै चलचित्र रईस हेर्न अपील गर्नेछन् । उनीसँग सन्नी लियोन र फिल्मका निर्देशक राहुल ढोलकिया पनि छन्।
चलचित्र उद्योगमा शाहरुखको यो २५ औँ बर्ष हो । उनी आफ्नो सपना पुरा गर्न रेलबाटै मुम्बई आएका थिए , यस यात्राबाट उनको पुरानो याद र खस्कदो चलचित्र बजार पनि माथि उठ्नेमा विश्वास लिएका छन् ।