जलविद्युत््मा साँढे दुई अर्बको प्रतिबद्धता

 

काठमाडौं, ११ माघ
ऊर्जा मन्त्रालयको प्रश्ताव अनुसार अगाडि बढेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा मंगलवारसम्म दुई अर्ब ६० करोड बराबरको प्रतिबद्धता व्यक्त भएको छ । ऊर्जा मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा बढी व्यक्तिगत रुपमा प्रतिबद्धता रकम प्राप्त भएको छ ।
मन्त्रालयले स्वदेश तथा वैदेशिक रोजगारीका क्रममा विश्वका विभिन्न मुलुकमा रहेका नेपाली नागरिकले लगानीका लागि प्रतिबद्धता जनाएको जनाएको छ ।
मन्त्रालयका अनुसार २५ हजार २०१ जनाले रु दुई अर्ब ६० करोड कुल प्रतिबद्धता जनाएका छन् । संस्थागत रुपमा लगानी प्रतिबद्धता जनाउनेमा २८ संस्था रहेका छन् ।