संशोधन प्रस्ताव स्वतः फेल हुँदै, १५ सिटे संघीय समाजवादी फोरमले पनि समर्थन नगर्ने

maitrinews

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारल छापामार शैलीमा व्यवस्थापिका संसद्मा टेबुल गरेको संविधान संशोधन प्रस्ताव स्वतः फेल हुने निश्चित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सहित नौ दल एक ठाउँमै हुँदा पनि संशोधन प्रस्तावमा पक्षमा दुईतिहाइ मत पुग्ने अवस्था थिएन ।
त्यसमा पनि व्यवस्थापिका संसद्मा १५ सीट रहेको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले समेत संशोधन प्रस्तावका पक्षमा आफूहरु जान नसकिने भन्दै खुलमखुला रुपमै प्रस्तावको विरोध गरेपछि प्रस्ताव स्वतः फेल हुने निश्चित भएको हो । पटक–पटक संशोधन प्रस्तावको विरोध गर्दै आउनु भएका यादवले बिहीबार एक अन्तरक्रियामा त खुलेरे संसदमा दर्ता भएको संविधान संशोधन विधेयक काम नलाग्ने भएको टिप्पणी गर्नुभयो । ‘संशोधन विद्येयक काम नलाग्ने छ, यो पारित गरेपनि वा नगरेपनि काम लाग्ने छैन, यसले समस्याको निकास दिँदैन्,’ उहाँले भन्नुभयो, ‘विधेयक पास गरे पनि केही हुनेवाला छैन, फेल भएपनि केही हुनेवाला छैन ।’
संघीय समाजवादी फोरम नेपालका समेत अध्यक्ष रहेका संयोजक यादवले आफैँले बनाएको संविधान वर्तमान सरकारल आफैँले उल्लंघन गर्ने काम गरको समेत आरोप लगाउनुभयो । ‘अहिलेको सरकारले आफूले बनाएको संविधान आँफै उल्लंघन गर्ने काम गरिरहेका छ,’ उहाँले भन्नुभयो, ‘संविधानमा २५ जनाभन्दा बढि मन्त्री बनाउन नपाउने व्यवस्था छ, तर अहिले ४३ सदस्य पुगिसके, अझै ६÷७ जना लाइनमा बसिरहेका छन्।’
उहाँले सबै राजनीतिक दलले एक अर्काले समस्या बुझेर समन्वयात्मक बाटो खोजेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिनुभयो । यादवले संविधान संशोधनले नै मुलुकले निकास पाउने भएकोले त्यसमा एमाले बाधक बन्न नहुने पनि बताउनुभयो ।