लेखक तथा स्तम्भकारव्दारा ओलीलाई राजनेताको उपाधि, समृद्ध नेपाल नै मेरो सपना : ओली

 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सधैँ समृद्ध नेपालको सपना देखेको बताउनुभएको छ । राजधानीमा शुक्रबार आयोजित म प्रधानमन्त्री हुँदा पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले सो विचार व्यक्त गनुभएको हो ।
नेपाल हरेक हिसावले सम्भावनाको मुलुक भए पनि राजनीतिक व्यवस्थापनको कमीले पछाडि परेको स्पष्ट गर्नुभयो ।
अध्यक्ष ओलीले आफूलाई उखान टुक्के भन्नेहरुलाई यो पुस्तकको मर्म बुझ्न आग्रह गर्नुभयो ।

प्रेस चौतारी नेपालद्वारा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओली, एमाले नेता रघुवीर महासेठ, राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम, दिनेश सत्याल ‘सौरव’ चरण प्रसाईँ तथा पत्रकारद्वय कृष्णमुरारी भण्डारी र विजयकुमार पाण्डेले सयुक्तरुपमा उक्त पुस्तकको लोकापर्ण गर्नुभयो ।

सो अवसरमा अध्यक्ष ओलीले पुस्तकमा उल्लेख गरिएका कुरा देशको समस्या समाधान गर्न आएको बताउनुभयो ।

उहाँले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय एकता र देशको समृद्धि जस्ता कुरामा आफूले प्रश्न उठाउँदै आएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धमा यी कुरा सँगसँगै गाँसिएको उल्लेख गर्नुभयो ।

सार्वभौमसत्ता, स्वाधिनताको प्रश्नसँग मुलुक गाँसिएको उल्लेख गदै अध्यक्ष ओलीले पुस्तकमा आफ्ना अभिव्यक्तिलाई निष्ठापूर्वक व्यक्त गरेको बताउनुभयो ।

एमाले नेता महासेठले पुस्तक भविष्यका पुस्ताका लागि महत्वपूर्ण भएको भन्दै ओलीले प्रधानमन्त्री भएको बेला राष्ट्रिय स्वभामिमानमा कुनै सम्झौता नगरेको बताउनुभयो ।

लेखक सौरवले ओलीले आफ्नो पालामा देशको नेतृत्व कुसल तरिकाले निभाउनु भएको भन्नुभयो ।

पत्रकार पाण्डेले ओलीले नेपालको बारेमा उठाएको मुद्दा कसैले पनि फाल्न नसक्ने बताउँदै अहिलेको परिस्थिति जटिल बनेको हुँदा यसवाट मुलुकको निकास दिइने जिम्मेवारी वहन गर्न ओलीलाई आग्रह गर्नुभयो ।

कृष्णमुरारी भण्डारीले देशलाई सङ्कटको बेला पार लगाएको हुनाले राजनेताको रुपमा ओली परिचित भएको टिप्पणी गर्नुभयो ।

‘‘राजनेता सङ्कटको बेला चिनिन्छ, सङ्कटको परीक्षामा पास भएपपछि राजनेता स्थापित हुन्छ’’ उहाँले भन्नुभयो–‘‘ओली त्यही सङ्टकको बेला स्थापित हुनुभएको राजनेता हुुनुहुन्छ ।’’

लेखक चरण प्रसार्इँले २०७४ माघ ७ गतेसम्म ओलीलाई प्रधानमन्त्री दिएको भए परीक्षक नेताको रुपमा चिनिने विचार व्यक्त गर्नुभयो ।

एमाले केन्द्रीय मुख्यालयले प्रकाशन गरेको उक्त पुस्तक विष्णु रिमाल र शार्दुल भट्टराईले सम्पादन गर्नुभएका छन् । पुस्तकमा ओलीले विभिन्न समारोहमा सम्बोधन गर्नुभएका सम्बोधनलाई विभिन्न पाँच अध्यायमा ५४ वटा लेख र एउटा अन्तर्वाता समेटिएको छ ।

समारोहमा लेखक तथा स्तम्भकारहरु बिजयकुमार पाण्डे,शौरभ,कृष्ण मुरारी भण्डारी र श्रीकृष्ण अनिरुद्ध गौतमले ओली नै राष्ट्रवादी राजनेता भएको बताउनुभयो । ओलीले लिनुभएको राष्ट्रवादी अडान र राष्ट्रियतको झण्डाले नेपालीहरुलाई उत्प्रेरित गरेको भन्दै उहाँहरुले ओलीको मुक्त कण्ठले प्रशंसा गर्नुभयो ।

book 5

book6

book4book 2