लघुकथाः भोकको ओखती
— गोमा सिटौला

तथाकथित जन युद्ध लडेका तुलबहादुरले सर्बहारा नेताहरूलाई सत्तामा,महलमा पुर्याए तर उनले अपांग शरीर बाहेक केही उपहार पाएनन्।सुकेका रगतका टाटोहरू,बन्दुकको गोलीले क्षत(बिक्षत भएका भग्नावशेषहरू,टुहुरा र बिधुवाहरू बाहेक नेपाली आमाले पनि केहि उपहार पाइनन्।
तुलबहादुर बाहिरी काम गर्न सक्दैनथे सम्पतिको नाउमा झुप्रो घर बाहेक केही थिएन ।मेलापात गरेर जसोतसो निरमायाले आफ्नो गाँस काटेर अंपाग श्रीमान र छोरीलाई पाल्दै आएकि थिइन्।
एकदिन भुइचालोले गाँउनै सखाप पारिदियो।निरमाया राहतको लागि गा ।बि।स सचिब देखि प्रशासनका कर्मचारी संग दिनहुुँ हात जोड्थिन्।तर अक्षय तृतीयमा बाड्ने जस्तो सातु र सर्बत बाहेक केही पाइनन्।