खाना पकाउने ग्यासको भाउ बढ्यो

काठमाडौ। नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु. २५ वृद्धि भएको छ । आज बुधवार राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य बढेर अबदेखि प्रतिसिलिन्डर रु एक हजार तीन सय ५० पुगेको नेपाल आयल निगमका प्रवक्ता भानुभक्त खनालले बताएका छन्।Gyas

Gyas

“यसभन्दा अघि पनि ७८ रूपियाँ २४ पैसा प्रतिसिलिन्डर घाटा थियो र अहिले फेरि २५ रूपियाँ बढाउँदा पनि एक सय ६२ रूपियाँ ९१ पैसा प्रतिसिलिन्डरमा घाटा हुनेछ, समग्रमा आयल निगम अब पछिल्लो १५ दिनमा २३ करोड ९३ लाख रूपियाँ घाटामा हुने”,भनेर प्रवक्ता खनालले भनेका छन्।

इन्डियन आयल कर्पोरेसनबाट नै मूल्य बढेर आएपछि नेपालमा मूल्य वृद्धि गरेको खनालको भनाई रहेको छ। यसभन्दा अघि प्रतिसिलिन्डर रु एक हजार तीन सय २५ मूल्य रहेको थियो। पेट्रोल र डिजेलमा भने मूल्य यथावत् रहेको छ । रासस
प्रकाशन मिति–२०७३ साल माघ १९ गते बुधवार ।