नेपाली नायिका भारतीय टेलिभिजनको विज्ञापनमा
काठमाडौ। नेपाली चलचित्रकी चर्चित अभिनेत्री प्रियंका कार्कीले पहिलो पल्ट भारतीय विज्ञापनमा काम गरेकी छन्।
हाल भारतभर व्यापारिक प्रमोसनका साथमा बजारमा आएको इटो चाउचाउको टेलिभिजन विज्ञापनमा नेपाली अभिनेत्री कार्कीलाई मज्जाले प्रयोग गरेको पाइएको छ। अभिनेत्री कार्कीका साथमा बलिउडका दुई बाल–कलाकारले पनि अभिनय गरेका छन्।
हिन्दी भाषामा मज्जाले डाइलेग बोलेर अभिनेत्री कार्कीले गरेको उक्त चाउचाउको विज्ञापन बलिउडमा प्रभावकारी देखिएको छ। यस चाउचाउको विज्ञापनले अभिनेत्री कार्कीलाई बलिउडका फिल्ममा अवसर मिल्ने निक्कै संभावना देखिएको समाचार स्रोतले भनेको छ।
प्रकाशन मिति–२०७३ साल माघ २० गते विहीवार ।