कर्मशील कृष्णलक्ष्मीको कथा

काठमाडौ। मनमा ठूलो आँट तथा जीवनमा धैर्य राख्न सक्नेहरु नै सफल हुने गर्दछन्। ती प्राय मानिसहरु विभिन्न चोट तथा पीडाले बनेका हुन्छन्। त्यसरी बनेका मानिसहरु अझ बलिया र सशक्त हुने गर्दछन्। कयौं चोट तथा पीडाले उनीहरुलाई चट्टान बनाइसकेको हुन्छ। जसले गर्दा जतिसुकै आँधी–हुरीले पनि उनीहरुलाई विचलित पार्न सक्दैनन्।

Laxmi with her son

नदी जस्तै आफ्नो पहिचान र लक्ष्यका लागि अडिग भएर लागेका हुन्छन्। सोही अडिगताले नै उनीहरु सफलताको शिखरमा पुग्ने गर्छन्। जुन निक्कै प्रेरणादायी बन्ने गरेको छ। कतिले उनीहरुको बास्तविक कथाले प्रेरणा पाउने गरेका छन्।

यिनै समाजको प्रेरणा र उदाहररणिय अडान र पहिचानमा अगाडि बढिरहेकी रामेछाप राक्थुम–४ की २९ बर्षिया कृष्णलक्ष्मी श्रेष्ठको कथाले पनि यतिखेर काठमाडौमा मूर्तरुप लिन थालेको छ। एकल महिला भएपनि आँट तथा धैर्यले कृष्णलक्ष्मी लक्ष्मी बनेकी छन्। समाजको उदाहरण बनेकी छन्। सफल व्यवसायी भएकी छन्।

Laxmi with her son.2

विवाह भएको बर्षदेखि श्रीमानवाट निक्कै प्रताडना पाएकी श्रेष्ठ सानो स्वरोजगारमुखी व्यवसायमा लागेर ११ बर्षको छोराको भविष्य बनाउने कार्यमा पनि सफलता प्राप्त गरेकी छन्।

काठमाडौमा संघर्षको क्रममा रामेछापवाट आएर तयारी पोशाकको सानोतिनो पसल थापेर गुजारा गर्न थालेकी श्रेष्ठले श्रीमानले दिएको पीडावाटै थप संघर्ष गरेर अगाडि बढ्ेकी छन् । यसक्रममा हाल काठमाडौको भाटभटेनीमा राम्रै तयारी पोशाक लगायतको पसलको व्यवसाय शुरु गरेर राम्रै सफलता पाएकी छन् ।

कोशिश गर्ने मान्छे कहिले पनि असफल नहुने धारणामा शतप्रतिशत सहमत देखिएकी श्रेष्ठले पसलको व्यापारवाट आफू र छोरा काठमाडौको महंगीमा राम्ररी नै पालिएको भनेकी छन् । छोरो प्रशान्त श्रेष्ठलाई ठूलो मान्छे बनाउनको लागि कुनै कसर आफूले बाँकी नराख्ने बताउने श्रेष्ठले हालै श्रीमानसंग डिभोर्स पनि गरेकी छन् ।

श्रेष्ठको पक्षमा वकालत गर्ने वकिलहरुले छोराको लागि भएपनि पूर्वश्रीमानको संपतिमा दावी गर्न भनेतापनि उनले कुनै प्रकारको सम्पति लिएकी छैनन् । छोरा पाएको बर्षदेखि प्रताडना दिने तथा घर निकाला गर्ने श्रीमानको कुनैपनि सम्पति नलिइकन पनि छोरा हुर्काउन सकिन्छ भन्ने समाजमा उदाहरण बन्ने प्रयासमा व्यवसायी श्रेष्ठ रहेकी छन् ।

Laxmi with her son.1यसमा उनको छोराको पनि सहमति रहेको छ । मेहनत, धैर्य र लगनशीलता अपनाउन सकेमा जुनसुकै व्यवसायमा पनि सफलता पाउन सकिने धारणा श्रेष्ठको रहेको छ । उनी आफूलाई एकल महिलाको रुपमा कहिले पनि सोच्दिनन् । आफूजस्तै श्रीमानवाट प्रताडित महिलाहरुलाई सानोतिनो उद्यम तथा व्यवसाय गरेर अगाडि बढ्न आफू सदा प्रेरक बन्ने विचार पनि उनले व्यक्त गरेकी छन् ।

Laxmi with her son.1
प्रकाशन मिति–२०७३ साल माघ २२ गते शनिवार ।