३३ किलो सुन काण्डमा संलग्न भएको आरोपमा एसएसपी खत्री पक्राउ

maitrinews

काठमाडौं । दुवईबाट ल्याइएको ३३ किलो सुन काण्डमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले एसएसपी श्याम खत्रीलाई हेडक्वाटरबाटै पक्राउ गरेको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत एसएसपी खत्री सुन काण्डपछि प्रहरी प्रधान कार्यालय नक्शालमा तानिएका थिए।
खत्रीलाई सोधपुछका लागि ब्यूरोमा बोलाइएर प्रहरीले पक्राउ पुर्जी थमाएको बताएको छ।

विमानस्थलमा ३३ किलो सुनकाण्डपछि कर्मचारीहरु छानविनको दायरामा आउने क्रमसँगै एसएसपी खत्रीलाई पनि त्यहाँबाट फिर्ता बोलाइएको थियो ।