चलचित्र नछाड्ने शोभाको सोच
काठमाडौ। काठमाडौ गोङ्गबुकी स्थानीय मोडल शोभा भण्डारी नयाँ चलचित्र ब्वाइफ्रेण्ड मार्फत नायिकामा डेब्यु गरेकी छन्।
रंगीन संसारमा पाइला टेकेको धेरै समय नभएतापनि छोटै समयमा आफूलाई स्थापित गर्न सफल शोभाको सफलता मान्न सकिन्छ। अभिनय र मोडलिङ्गलाई एकसाथ लाने प्रयासमा रहेकी शोभाले दुई दर्जनभन्दा बढी गीतका म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरिसकेकी छन्।
नृत्यमा अत्यन्त पारंगत शोभा हाल आएर चलचित्रको अभिनयमा आकर्षित बनेकी छन्। पाएसम्म कुनैपनि चलचित्रमा नछाड्ने सोचमा रहेकी शोभाले चलचित्र ब्वाइफ्रेण्डमा चञ्चले युवतीको जोडदार भूमिकामा अभिनय गरेकी छन्।
उनले हाँस्य टेलिसिरियल हर्के हवल्दार र पुर्पुरोमा समेत अभिनय गरिसकेकी छन्।
प्रकाशन मिति–२०७३ साल माघ २३ गते आइतवार ।