३७ जना बङ्गलादेशी नागरिक ठमेलवाट पक्राउ

maitrinews

Bangladeshi crimeकाठमाडौ । ठमेलका विभिन्न ठाउँबाट ३७ जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

सोह्रखुट्टे प्रहरी वृत्त प्रमुख, प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरले पक्राउ परेका उनीहरुको साथमा राहदानीलगायत कुनै कागजात नभएको बताए ।

प्रारम्भिक अनुसन्धानबाट बङ्गलादेशबाट भारत हुँदै नेपाल आएका उनीहरुले नेपालमा सिलाइकटाइको काम गर्दै आएका थिए ।

राठौरका अनुसार ‘उनीहरुको अन्तिम लक्ष्य नेपालको नागरिकता र राहदानी बनाएर विदेशमा रोजगारीका लागि जाने देखिन्छ । पक्राउ परेकामा १९ वर्षदेखि ३४ वर्षसम्मको उमेरका रहेका छन्।
प्रकाशन मिति–२०७३ साल माघ २३ गते आइतवार ।