एसएसपी खत्रीलाई चार दिन थुनामा राख्न आदेश

maitrinews

काठमाडौँ । सुन तस्करीकाण्डमा सीआईबीद्वारा पक्राउ परेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्यामबहादुर खत्रीलाई ४ दिन थुन्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
संगठित अपराध अन्तरगत मुद्दा चलाउन प्रहरीले न्यायिक हिरासतमा राख्न समय मागेको थियो । सोही अनुसार अदालतले सीआईबीलाई ४ दिनको समय प्रदान गरेको हो ।
सीआईबीले आइतबार सुन तस्करीकाण्डमा दोषी पाइएपछि खत्रीलाई प्रहरी हेडक्वार्टरबाटै पक्राउ गरेको थियो । सुन तस्करी हुँदा खत्री विमानस्थलको दोस्रो बरियताका प्रहरी अधिकारी थिए ।