प्रचण्डको सरकारमा बस्नुको औचित्य सकियो, मन्त्रीहरुलाई फिर्ता बोलाउँछौँ : लोहनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएको बताउँदै पार्टीका मन्त्रीहरुलाई छिट्टै फिर्ता बोलाइने जानकारी दिनुभएको छ ।
राजधानीमा आयोजित साक्षातकार कार्यक्रममा राप्रपा राष्ट्रिय अध्यक्ष लोहनीले सरकारमा राप्रपाको उपस्थिति भए पनि कुनै पनि कुरामा साझेदारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो,सरकारको महत्वपूर्ण काम तथा निर्णयहरुमा राप्रपाको कुनै साझेदारी देखिएन्, त्यसैले सरकारमा रहिरहने कुरा अब स्विकार गर्न सकिँदैन ।’
राप्रपा राष्ट्रिय अध्यक्ष लोहनीले प्रचण्ड सरकारको नियत नै चुनाव गर्ने खालको नभएको आरोप लगाउनुभयो । संसदमा टेबुल भएको संविधान संशोधन विद्येयकको कुनै औचित्य नै नरहेको दाबी गर्दै । लोहनीले भन्नुभयो, अहिले अघि सारिएको संशोधनले मुलुकको हित गर्दैन, संशोधनमा उल्लेख गरिएको कतिपय विषयहरुले देशको राष्ट्रिय हित गर्दैन ।