राजु हमालको फरक पहिचान

maitrinews

Raju Hamal 12

काठमाडौ। मोडल राजु हमाल यतिखेर निक्कै व्यस्त बन्न थालेका छन्। पछिल्लो समय गायक गीताराम कर्माचार्यको कर्णप्रिय गीत टाढा धेरै टाढा टाढै बस्ने चाहना छ बोलको गीतको म्युजिक भिडियोमा स्वभाविक अभिनय मोडल हमालले गरेका छन्। जसमा हमाललाई कुसुम गुरागाइँले अभिनयमा साथ दिएकी छन्।

अमृतमान महर्जनको निर्देशनमा बनेको उक्त गीतमा हमालले गरेको अभिनयको सवैवाट तारिफ भएको छ। पचासको दशकदेखि विभिन्न रंगमञ्चिय नाटकहरुमा बेग्लै छाप राख्न सफल हमाल यतिखेर मोडलिङ्गमा अत्यन्त रमाइरहेका छन्।

दर्जनौ गीतका म्युजिक भिडियोहरुमा फरक शैली तथा भूमिकामा अभिनय गरिसकेका हमाल विभिन्न फेशन–शो तथा सांस्कृतिक महोत्सहरुमा निर्णायक भएर पनि काम गर्दैआएका छन्। त्यसको अलावा विभिन्न सामाजिक कार्यहरुमा पनि त्यतिकै व्यस्त बन्दैआएका हमाल यसलाई नै जीवन भन्न रुचाउंछन्।

Raju-Hamal-2
प्रकाशन मिति–२०७३ साल माघ २८ गते शुक्रबार ।