विद्यार्थी नेता राईको पार्थिक शरीरमा एमाले अध्यक्ष ओलीले दिनुभयो अन्तिम श्रद्धाञ्जलि

maitrinews

काठमाडौँ । सवारी दुर्घटनामा परी गम्भीर घाइते भई उपचारका क्रममा निधन हुनु भएका अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँको शरीरमा ओलीसँगै वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोख्रेललगायतले श्रद्धाञ्जली व्यक्त गर्नुुभएको हो ।
राई यही माघ २५ मा भक्तपुरमा सवारी दुर्घटनामा पर्नुभएको थियो । सवारी दुर्घटनामा परेपछि सुरुमा मध्यपुर ठिमी अस्पताल र त्यसपछि अन्नपूर्ण न्यूरो अस्पतालमा उपाचार गरिएको थियो । न्युरो अस्पतालमा पनि उपचार हुन नसकेपछि ट्रमा सेन्टरमा उपचारका क्रममा उनको बिहीबार निधन भएको हो । उहाँको पार्थिव शरीरलाई आजै गृहजिल्ला खोटाङ लैजाने तयारी भएको जनाइएको छ ।
राईको निधनमा अनेरास्ववियुले तीन दिनसम्म संगठनका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भएको छ भने तीन दिनसम्म संगठनको आधा झण्डा झुकाउने भएको छ ।