बीमा क्षेत्रलाई मजबुत बनाउँछु —चीरञ्जीवी चापागाईं ,अध्यक्ष ,बीमा समिति

बीमा क्षेत्रमा भएका विभिन्न कमजोरीहरु हटाउने, बीमा सम्बन्धी कानुनलई मजबुत र बलियो बनाउने र समग्र बीमा क्षेत्रलाई विकसित र विस्तार गर्ने घोषणाकासाथ विमा समितिका नवनियुक्त अध्यक्ष चीरञ्जीवी चापागाइँ अगाडि बढ्नुभएको छ । आफ्नो कार्यकालमा बीमा क्षेत्रलाई गाउँ गाउँमा पुर्याउने उहाँले प्रण गर्नुभएको छ । बीमा समतिका नवनियुक्त अध्यक्ष चापागाईंसँग गरिएको कुराकानीको संक्षेप ।

बीमा क्षेत्रको नेतृत्व शुरु गर्नुभएको छ । कसरी अगाडि बढ्दै हुनुहुन्छ ?

निश्चय पनि बैंकिङ क्षेत्र बीमा क्षेत्र भन्दा विकसित छ । आर्थिक विकासलाई हेर्ने हो भने पनि बीमा क्षेत्र भन्दा बैंकिङ क्षेत्र नै अघि छ । अहिलेसम्मको अनुभवले के देखाउँछ भने नियमन निकायको उपश्थिति कहाँ बढी मात्रामा हुन्छ ,त्यो क्षेत्रको विकास निश्चय पनि हुँदो रहेछ । नेपालको सन्दर्भम पनि बैंकिङ क्षेत्रको नियमन निकाय राष्ट्र बैंक ,बीमा क्षेत्रको बीमा समिति, धितोपत्र बोर्ड ,दुरसंचार प्रधिकरण ,नागरिक उड्यन प्राधिकरण लगायतका नियमन निकायहरु छन् ।
यी नियमन निकायहरुले सम्बन्धीत निकायहरुको नियमन राम्रोसंग गरे भने मात्र हरेक क्षेत्रको विकास तिब्र रुपले अघि बढाउन सकिन्छ । यी सबै क्षेत्रको तुलनामा बैंकिङ क्षेत्र विकसित देखिन्छ । बीमा क्षेत्रको पनि विकासै नभएको भन्ने चाँही होइन । तर जुन गतिले बीमा क्षेत्र अगाडि बढ्नुपथ्र्यो त्यो गतिले भने अगाडि बनढेको हो की जस्तो लाग्छ । त्यकारण यो क्षेत्रलाई कसरी अगाडी बढाउने भन्ने विषयमा मैले एउटा सानो प्राथमिकताको एरिया तोकी राखेको छु । जस्तो बीमा क्षेत्रको कानुन त्यति बलियो र परिपक्व मैले पाइन । २५ सालको बीमा ऐन अहिले पनि त्यहि छ । त्यसैले सबैभन्दा पहिले त हामीले यस क्षेत्रको कानुन नै बलियो बनाउनुपर्छ । दोस्रोमा बीमा समिति नियामक निकाय भएका कारण बीमा कम्पनीहरको नियमन गर्नुपर्ने जिम्ेवारी पनि छ । कतिपय कुराहरु ऐनमा उल्लेख नभएपनि नियमन निकायले विभिन्न निर्देशनहरु जारी गर्नुपर्ने हुन्छ । ती निर्देशहरुलाई पनि ऐन कानुन ल्याएर रिभ्यु गरिरहनुपर्ने हुन्छ । यसरी हेर्दा यी दुई काम तत्काल गर्नुपर्ने कमको रुपमा मैले देखेको छु ।

प्राथमिकतामा के के छन् ?

मैले भनिसके ,पहिलो प्राथमिकता भनेको नै बीमा क्षेत्रको कानुनलाई बलियो बनाउने नै हो । दोस्रो प्राथमिकता भनेको भनेको नीतिगत निर्णयहरु जति छन् ,स्थायी प्रकृतिले निर्णय गर्ने खालक कार्यक्रमलाई शसक्त रुपमा अगाडि बढाउनु पर्ने आवश्यकता देखिन्छ । यी सबै कामको मुल उदेश्य भनेकै समग्र बीमा क्षेत्रको विकास नै हो । आम जनतामा बीमा क्षेत्रको पहुँचलाई विस्तार गर्नु हो । अहिले भैरहको बीमा क्षेत्रको कभरेजलाई लार्ज स्केलमा लैजानु नै हाम्रो मुल लक्ष्य हो ।

बीमा कम्पनीहरुको पूँजी वृद्धि कत्तिको आश्यकता हो ?

नयाँ व्यवस्था अनुसार बीमा कम्पनीहरुको पूँजी ४ ÷५ अर्व रुपैँया बनाइएको छ । यहाँ दुई खालका कुराहरु आएका छन् । बीमा कम्पनीका संचालकहरुसंग पनि मैले कुरा गरेको छु । एउटा पक्षले पूँजी बढाउनुपर्छ भनेको छ भने अर्काे पक्षले आश्यक छैन भनेका छन् । बीमा कम्पनीको पूँजी बढाउनुपर्ने हो वा होइन भन्दा पनि अहिले जीवन बीमाको कभरेज ३२ अर्व रुपैँया र निर्जीवन बीमाको कभरेज १५ अर्व रुपैँया छ । यस्तो अवस्थामा बीमा कम्पनीहरुको पूँजी ४÷५ अर्व पु¥याउँदा बाँच्न सक्छन् कि सक्दैनन् भन्ने हो । त्यसैले यस विषयमा यस क्षेत्रसंग संबन्धीत सरोकारवाला पक्षहरुसंग गहन छलफल गरेर मात्र निर्णय गर्नुपर्ने देखिन्छ ।

कृषि बीमालाई कसरी अगाडि बढाउने योजना छ ?

कृषि बीमालाई पनि मैले धेरै ध्यान दिएर नियालीरहेको छु । बीमाको पहुँच बढाउने भन्दैमा त्यसै त बढ्दैन । त्यसैले बीमालाई गाउँ गाउँमा पु¥याउन कृषि बीमाले धेरै सपोर्ट गरेको छ । बीमा ऐनमा जिवन ,निर्जीवन र पुनर्बीमा को कुरा गरिएको छ तर लघु बीमाको कुरा गरिएको छैन । नयाँ बीमा ऐनमा लघु बीमाको व्यवस्था गरेर गाउँ गाउँमा कृषि र पशुको बीमा गर्ने कुरालाई व्यापक रुपमा विस्तार गर्ने साँेचमा छु ।

बीमा क्षेत्रमा यहाँले के कस्ता समस्याहरु देख्नुभएको छ ?

बीमा क्षेत्रका तत्कालका समस्या भनेको कानुनी पक्ष नै हो । यस क्षेत्रको कानुनी पक्ष अत्यन्तै कमजोर छ । बीमा समितिले बीमा कम्पनीहरका लागि निर्देशिका पनि जारी गरिसकेको अवस्था छ । निर्देशिकाका कतिपय कुराहरु कर्यान्वयन गर्न गाह्रो भयो भनेर मलाई रिपोर्टिङ गर्न पनि यहाँ आइसक्नु भएको छ । त्यसलाई अन्र्राष्ट्रिय परम्परा र प्रचलन अनुसार कार्यान्वयन गर्र्नुपर्ने चुनाौती हामी समक्ष छ । सबै भन्दा ठुलो समस्या भनेक हामीले बीमालाई संस्कृतिका रुपमा विकास गर्न सकेका छैनौँ । त्यसैले बीमालाई संस्कृतिको रुपमा स्वकार गर्न सक्ने वातावरणको सृजना गर्नुर्ने अर्काे चुनौती पनि हामी समक्ष विद्यमान छ ।