नेतालाई जस्तै स्वेता खड्कालाई भव्य स्वागत

maitrinews

काठमाडौ। नेपालको अत्यन्त चर्चित लोकप्रिय अभिनेता स्वर्गिय श्रीकृष्ण श्रेष्ठको गृहजिल्ला सिन्धुपाल्चोकमा श्रेष्ठ पत्नी अभिनेत्री स्वेता खड्काको भव्य स्वागत भएको छ। जिल्लावासीले अभिनेत्री खड्कालाई बुहारी तथा भाउजु संवोधन गरेर स्वागत गरेका हुन्।

shewta-khadka1

गत बर्ष २०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पको कारण प्रभावित सिन्धुपाल्चोकको ठूलो शिरुवारी पुगेकी अभिनेत्रीलाई जिल्लाको ठूलै नेतालाई जस्तै स्वागत तथा अभिन्दन गरिएको थियो। अझ जिल्लावासीले बुहारी तथा भाउजुको संवोधन सहितको सम्मान प्रदान गरिदा अभिनेत्री खड्का अत्यन्त भावुक बनेकी थिइन्।

shewta-welcom

 

शनिवार आयोजित कार्यक्रममा अभिनेत्री खड्काले भूकम्पले प्रभावित ठूलो शिरुवारीलाई नमूना बस्ती बनाउन आफूले सक्दो सहयोग गर्ने बचनबद्धता समेत व्यक्तता समेत गरेकी छन्। बर्षा लाग्न अगाडि नै ठूलो शिरुवारीलाई नमूना बस्ती बनाउने कार्यमा सरकार तथा अभिनेत्री खड्का दुवैको सहयोगवाट तदारुकताकासाथ गरिने कार्यक्रम संयोजक यज्ञराज कार्कीले भनेका छन्।

shewta-khadka-at-sidhupalchock

सिन्धुपाल्चोकको धुमताम गाविसमा अभिनेता स्वर्गिय श्रीकृष्ण श्रेष्ठको जन्म भएको थियो। श्रीमानको गृहजिल्लामा पुगेर सहयोग गर्ने सोच र लक्ष्य आफ्नो भएको तथा श्रीमानका अधुरा इच्छा पूरा गर्ने क्रममा आफू निरन्तर लागिरहेको जानकारी पनि उनले दिएकी छन्।

shewta-anitashewta-anita
प्रकाशन मिति–२०७३ साल फागुन १ गते आइतवार ।