आइजीपी नियुक्तिमा विवादमा तानिएका देउवाको आलोचना र शानदार जीवन शैली

काठमाडौ। नेपाल प्रहरीको आइजीपी नियुक्तिको विषयमा रोलक्रम मिचेर जय वहादुर चन्दलाई जबरजस्ती नियुक्त गर्न बाँध्य बनाउने प्रमुख सूत्रधारको रुपमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाको व्यापक आलोचना भएको छ।

Sher Bahadur Deuba 3

आइतवार दिनभर देउवाको यसै विषयमा आलोचना भएपछि अपरान्हतिर नेता देउवाले आफ्नो त्यस नियुक्तिमा कुनै संलग्नता नभएको र आफूले कुनैप्रकारको हस्तक्षेप नगरेको हतार–हतारमा प्रेस विज्ञप्ति जारी गरेर चोखिने प्रयास गरेका छन्।

रोलक्रममा तेश्रो नंबरमा परेका जय वहादुर चन्दलाई देउवाको ठाडो आदेशमा गृहमन्त्री बिमलेन्द्र निधिको सिफारिसमा मन्त्रीपरिषदले आइतवार नियुक्त गरेको कुरा घामजस्तै सवैलाई छर्लङ्ग भैसकेको अवस्था छ। अर्कोतर्फ सर्वोच्च अदालतले चन्दको नियुक्तिलाई कार्यन्वयन नगर्न र नगराउन भनेर सरकारको नाममा अन्तरिम आदेश दिइसकेको अवस्थामा देउवाले त्यसप्रकारको प्रेस नोट निकालिनु हताशको मानसिकताको रुपमा लिइएको छ।

पहिलो रोलक्रममा रहेका डिआइजी नवराज सिलवाललाई आइजीपीमा नियुक्त गरेको भए, यो कुनै टेन्सनको कुरा नै हुदेन्थ्यो। यसैले पनि नेपाली राजनीति बृतमा नेता देउवालाई सही स्थानमा सही निर्णय गर्न नसक्ने नेताको रुपमा टिप्पणी हुने गरेको छ। यसरी राजनीतिक जीवन सार्वजनिक हुने गरेतापनि व्यक्तिगत जीवन भने देउवाको प्राय गोप्य नै हुने गरेको छ।

Sher Bahadur Deuba 1

राजनीतिका अगाडि देउवाको व्यक्तिगत बानीब्यहोरा, पारिवारिक कुरा संचारमाध्यममा ओझेलमा पर्ने गरेका छन्। काठमाडौको बुढानिलकण्ठमा परिवारका साथ बस्ने देउवा विहान साढे ७ बजेसम्ममा उठिसक्छन् । ब्यायाम गर्न नरुचाउने देउवा, ग्रिन टि लिन्छन्। पत्रपत्रिका पढ्ने, समाचार सुन्ने, हेर्ने उनको बानी छ।

संचारमाध्यममा अभिव्यक्ति दिन भने उनी झर्को मान्छन् । यस कुरामा उनकी श्रीमती आरजुले सम्झाउँछिन् । देउवालाई न व्यायाममा मन जान्छ न योगामा तै पनि स्वस्थ नै देखिन्छन्। तर, खानेकुरामा भने उनी सचेत छन्। गुलियो त उनलाई नदेखाए, नसुनाए पनि हुन्छ। खाना झुक्किएर चिल्लो पीरो परे त उनी हकार्छन् नै।

साधारण खाना रुचाउने देउवाको श्रीमती भने खानाकी सौखिन हुन् । उनी श्रीमतीलाई लिएर बाहिर खान जान्छन्। उनलाई रोष्टेड र ग्रिल्ड मासु निकै मन पर्छ। भान्छामा काम गर्न भने उनलाई फिटिक्कै रुची छैन। बुढानिलकण्ठ बस्न थालेको १६ बर्ष भयो, यो अबधिमा उनी मुश्किलले दुई चोटी भान्छा छिरे होलान्।

Sher Bahadur Deuba 2

नातीनतिना खेलाउने रहर देउवाले बिबिसी नेपाली सेवाको एक अन्तरवार्तामा आफू बृद्ध नभएको बताएका थिए । उनले यस बिषयमा प्रतिपश्न नै गरेका थिए– कसले भन्यो म बूढो भयो भनेर रु म बूढो भएको छैन। उनी अब आफ्नो छोराको बिवाह गरी घरमा बुहारी भित्र्याउन चाहन्छन् । उनी छोराको विवाह यस कारण गर्न चाहन्छन् कि, अब उनलाई नातानतिना खेलाउने रहर लागिसक्यो।

उनी छोरासँग निकै नजिक छन् । मिडियासँग बोल्न नरुचाउने देउवा छोरासँग भने खुलेर बात मार्छन्। उनी छोरासँग व्यक्तिगतदेखि राजनीतिका गफ पनि गर्छन् । उनका छोरा पोलिटिकल साईन्सकै बिद्यार्थी भएकाले पनि उनी राजनीतिमा चासो राख्छन् । उनलाई दौरा सुरुवाल र सुट पाईन्ट निकै मन पर्छ। आफूलाई चाहिएको कपडा उनी आफैँ किन्छन्। र, कार्यक्रम अनुशार पहिरन फेरेर जान्छन्।

आफ्ना लागि खर्चको जोहो पनि आफैँ गर्छन् । कहिलकाहीँ उनी श्रीमतीसँग पैसा माग्न पनि पछि हट्दैनन् । देउवालाई रिसाउन कुनै कारण चाहिदैन । यहाँसम्म कि उनी रिसाएनन् भने आरजुलाई चिन्ता पर्छ–आज उहाँ किन रिसाउनुभएन ? तर, उनी बाहिरका कुरा घरमा ल्याएर भने रिसाउँदैनन् । उनीहरुबीच सहमती नै भएको छ, बाहिरका कुरा घरभित्र नल्याउने। उनी झनक्क रिसाउने बानी भए पनि, त्यो रिस लामो समयसम्म टिक्दैन। उनी जिद्धी पनि छन्। उनी कम बोल्छन् तर, आफ्नो जिद्धी छाड्दैनन्।

जोक्स सुनाउँछन् श्रीमतीलाई उनी रिसालु मात्रै छैनन्, रमाईला पनि छन् । उनलाई जोक्स एकदम मन पर्छ । उनी जोक्सहरु सुन्छन्। उनलाई जोक्स सुन्दा , सुनाउँदा रमाईलो लाग्छ । उनी घरमा जोक्स सुनाउँछन् पनि । दिनमै ६० वट्टासम्म चुरोट सकिन्थ्यो उनी पहिले चुरोटका अम्मली थिए । अहिले छाडिसकेका छन्। दिनमै ६० वट्टासम्म चुरोट सकाउने देउवाले आफ्नै ईच्छाले चुरोट छाडेका हुन्। पेट बढ्ने चिन्ताले बियर खाँदैनन्। कहिलेकाहीँ एक –दुई ग्लास वाइन खान्छन् ।
प्रकाशन मिति–२०७३ साल फागुन १ गते आइतवार ।