पाकिस्तानलाई ९ विकेटले हराउँदै भारतले जित्या नेत्रहीन टी—२० विश्वकप क्रिकेटको उपाधि

maitrinews

बैंगलोर । पाकिस्तानलाई ९ विकेटले हराउँदै भारतले नेत्रहीन टी—२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।बैंगलोरमा भएको फाइनलमा पाकिस्तानले भारतसामू १९८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।
जसलाई घरेलु टोली भारतले १७।४ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका प्रकाश जयरमैयाले ९९ रनको शानदार पारी खेले ।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १९७ रन बनाएको थियो ।
उसका मुहम्मद जमील र बदर मुनीरले ओपनिङ गरे । जमील २४ र मुनिरले ५७ रनको योगदान दिए । अन्य कुनै पनि व्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।