फेसबुक मार्फत यौनधन्दा चलाउन खोज्ने पक्राउ

maitrinews

काठमाडौ। पैसा तिरेर डाइरेक्ट यौन संवन्ध राख्न चाहनु हुन्छ भने, यो फोन नंबरमा संपर्क गर्नुस् भनेर फेसबुक मार्फत प्रचार प्रसार गर्ने एक युवकलाई पक्राउ गरिएको छ। ललितपुरको बागडोल निवासी सुरज बस्नेतलाई त्यसरी फेसबुक मार्फत यौन धन्दा चलाउन खोजेको तथा अरुको चरित्र हत्या गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

Facebook sexमंगलवार पक्राउ परेका बस्नेतले फेसवुकमा सेक्स पेज नै खोलेर त्यसमार्फत दुई दर्जनभन्दा बढी युवतीहरुको मोवाइल नंबर सार्वजनिक रुपमा राखेर यौनधन्दा चलाउन खोजेको पाइएको महानगरिय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले भनेका छन्।

त्यस फेसबुक पेजमा सेक्स वर्कर देखि कलेज पढ्ने युवतीहरुको फोन नंबर राखेर नेपालमा यौनधन्दा चलाउने प्रयास बस्नेतवाट भएको प्रमुख अमात्य भन्छन्। त्यसरी बस्नेतले फेसबुकमा सार्वजनिक रुपमा नंवर राखिदिएपछि नंबर राखिएका युवतीहरुलाई धमाधम एकरातको कति पैसा लिन्छौ लगायतका ठाडै सेक्स प्रस्ताव आउन थालेपछि केही युवतीहरु हैरान बनेर महानगरिय प्रहरी परिसरमा त्यस विरुद्ध उजुरी दिएका थिए।

ती युवतीहरुलाई ठाडै सेक्स प्रस्ताव राख्ने मध्येका एक ललितपुर ग्वार्को बस्दै आएका रौतहट चन्द्रनिगाहापुर–२ स्थायी घर भएका सागर धिताललाई प्रहरीले नियन्त्रणमा लिएपछि यस कुराको खुलासा भएको हो। सागरको बयानबाट फेसबुकमा त ‘सेक्स अखडा नै भएको पत्ता लागेको हो।

सागरले फेसवुकमा सार्वजनिक रुपमै राखिएको युवतीको नम्बर लिएर फोन गरेको बयान दिएपछि प्रहरीले त्यस्तो अखडाको सर्च गरेर त्यसको मतियार सुरज बस्नेतलाई पक्राउ गरिएको हो। पक्राउ परेका बस्नेतलाई विद्युत्तिय कारोवार ऐन–२०६३ बमोजिम कारवाही अगाडि बढाएको छ।

यस संवन्धमा गहन रुपमा थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, बस्नेतले अश्लिल फेसवुक आईडी बनाएर महिलाको नाम र नम्बर राखेर चरित्र हत्या गर्दै आएका थिए । आफुसँग साथी भएकाहरुलाई समेत युवतीका नम्बर मागेर उनले सेक्स बार्गेनिङ गर्ने गरेका थिए ।

सेक्स बार्गेनिङ गर्दा नमानेपछि उनले सार्वजनिक रुपमै फेसवुकमा नाम र नम्बर पोष्ट गर्ने गरेका थिए । उनले भने, २०१६ डिसेम्बर देखि उनले यस्तो अश्लिल कार्य शुरु गरेको देखिन्छ । प्रहरीले उनको फेसबुकको १६ जिवी डाटा डाउनलोड गरेर अनुसन्धान शुरु गरेको छ ।
प्रकाशन मिति–२०७३ साल फागुन ३ गते मंगलवार ।