बाणिज्य बैंकहरुव्दारा कर्जा प्रवाहमा उल्लेख्य कमी

maitrinews

काठमाडौँ । नगद उपलब्धता अर्थात तरलताको संकट गहिरिँदै गएपछि आफूहरुले कर्जा दिने गतिलाई उल्लेख्य घटाएको वाणिज्य बैंकहरुले जनाएका छन्।
अनुत्पादक भनिएका क्षेत्रमा बैंकहरुले धेरै कर्जा प्रवाह गरेकाले संकट आएको राष्ट्र बैंकले जनाएपछि उनीहरुले कर्जा दिन कडाइ गर्दै ब्याज बढाएका हुन्।
निक्षेप संकलन स्वाभाविक ढंगमै भइरहेकाले तत्कालका लागि यसले स्थिति केही सहज भएको उनीहरुको भनाइ छ।
गएको असार साउनताका बैंकहरुमा उपलब्धता वा तरलता प्रशस्तै भयो। कर्जाका ब्याजदर पनि घटे।
चालु आर्थिक वर्षको शुरुका महिनाहरुमा त कर्जा दिने रफ्तार करिब ३० प्रतिशतले बढ्यो पनि। त्यसरी बढ्दै गएको कर्जाको रफ्तारलाई धान्ने गरी न त सरकारले अर्थतन्त्रमा पूँजीगत खर्चमार्फत नगद सिञ्चन गर्न सक्यो, न त बैंकहरुले नै यो तीव्र गतिले ल्याउने क्षति अनुमान गर्न सके।
परिणाम के भयो भने लगभग अधिकांश बैंकहरुले केन्द्रीय बैँकहरुलाई तोकेको सीमा छुने छुने गरी कर्जा प्रवाह गरे।
निक्षेप तथा प्राथमिक पूँजी र कर्जाको अनुपात ८० प्रतिशत नाघ्नु हुँदैन।