४० भाषाका ४२ कवि कवियत्रीले कविता वाचन गरे

 

काठमाडौँ । विश्व मातृभाषा दिवसका अवसरमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले आज यहाँ ‘विश्व मातृभाषा कविता महोत्सव’को आयोजना गरियो ।

महोत्सवमा देशभरका ४० भाषाका ४२ कवि कवियत्रीले कविता वाचन गर्नुभयो ।

कार्यक्रममा तामाङ भाषाका धनकुमारी घिसिङ, धिमाल भाषाका मोनालिसा धिमाल, नेपाल भाषाका नविन प्रकाश श्रेष्ठ, मैथलीका भावनाकुमारी झा, थारुका सुशील थारु र रनजना मोक्तानलगायतले कविता वाचन गर्नुभयो ।

प्रतिष्ठानका पूर्वउपकुलपति बैरागी काइलाले उद्घाटन गर्नुभएको कार्यक्रममा युनेस्को एसिया फोरमका महासचिव डाइ सिचो, महोत्सव संयोजक श्रवण मुकारुलगायतले कविता र यसले देश विकासमा पु¥याएको योगदानको विविधपक्ष माथि प्रकाश पार्नुभयो ।